ताजा अपडेट »

बुटवलमा थपिए ३३ संक्रमित, कुन वडामा कति ?

मंगलबार, ०६ असोज २०७७, १७ : ४६
4 Shares

बुटवल । बुटवल उपमहानगरपालिकामा मंगलबार थप ३३ कोरोना संक्रमित थपिएका छन् । यो सँगै बुटवलमा संक्रमितको कूल संख्या ७७३ पुगेको छ । उपमहानगरका अनुसार मंलबार वडा नम्बर ११ र ४ मा ७/७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यस्तै वडा नम्बर ७ मा ४ जना, ६ र ९ मा ३/३ जना, ३ र १० मा २/२ जना, २, ८, १३ मा १/१ जना संक्रमित थपिएका छन् भने २ जना संक्रमितको वडा नखलेको उपमहानगरले जनाएको छ । संक्रमित मध्ये ३९२ जना डिस्चार्ज भएका छन् भने ३८१ संक्रमित उपचाररत अवस्थामा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।