१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

कनकाई । गाउँका धुलौटे बाटाहरु धमाधम कालोपत्रे सडक बन्न थालेपछि गाउँमा खुशी छाएको छ । विकासनिर्माणका काममा राज्यका तीन वटै तहका सरकार सक्रिय हुँदा यति बेला ग्रामीण क्षेत्रमा रहेका धुलौटे बाटा मापदण्डानुसारका कालोपत्रे सडक बन्न थालेका छन् ।

Advertisement

निर्वाचनका समयमा ग्रामीण क्षेत्रमा रहेका धुलौटे बाटालाई कालोपत्रे सडक निर्माण गरिने प्रतिबद्धता पूरा गर्ने कार्यमा जनप्रतिनिधि सक्रिय रहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए । धुले सडकलाई आवश्यकतानुसार कतै उच्चस्तरको ग्राभेल गरिएको छ भने कतै ब्लक लगाउने काम भइरहेको छ । यातायातका साधन धेरै चल्ने नगर क्षेत्रका व्यस्त बाटालाई प्राथमिकताका साथ कालोपत्रेको काम गरी निरन्तरता दिइएको छ । स्थानीय तहको निर्वाचनपछि हालसम्मको तीन वर्षका अवधिमा नगरपालिका क्षेत्रमा २५ किलोमिटर बाटो कालोपत्रे भइसकेको नगर प्रमुख पोखरेलले बताए ।

यस्तै जनप्रतिनिधि आउनुअघि हरेक गाउँटोलमा वर्षात्का समयमा हिँड्नका अत्यन्तै समस्या थियो । बिजुलीबत्ती सबैतिर पुगेको थिएन । झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले अहिले गाउँपालिका सात वटै वडाभित्र करीब शतप्रतिशत बिजुलीबत्ती पुगेको बताए । उनका अनुसार सबै वडाका बाटा ग्राभेल भएका छन् । ग्राभेल भइसकेका गाउँपालिका क्षेत्रका सबै बाटो कालोपत्रे बनाउने कार्यको थालनी भइसकेको गाउँपालिका अध्यक्ष शाहले जानकारी दिए । स्थानीय कामाटोली क्षेत्रबाट कालोपत्रेको काम थालनी भएको बताइएको छ ।

झापा गाउँपालिका बिरिङ, सानो माई र कनकाई नदीले घेरिएको ठाउँ भएकाले वर्षामा केही वडामा आवतजावत गर्नका लागि सम्भव नै थिएन तर स्थानीय तहको जिम्मेवारी जनप्रतिनिधिले लिएपछिको तीन वर्षमा आवश्यकतानुसार खोला, नदीमा पुल हालिएको छ । पुल र बाटो ग्राभेल भइसकेपछि जनताले स्थानीय सरकारको महत्व बिस्तारै बुझ्न थालेको गाउँपालिका अध्यक्ष शाहको भनाइ छ । सडक पूर्वाधारको तीव्र विकास, भौतिक सुधारका थुप्रै योजना, स्वास्थ्य क्षेत्रमा सुधार, जनताको गाँस, बास रजीविकाका सवालमा आफूहरुले शुरुआत गरेका दर्जनाैँ कार्यक्रमले गाउँको मुहार नै फेरिने क्रममा रहेको गाउँपालिका अध्यक्ष शाहले जिकिर गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण