ताजा अपडेट »

पठन-पाठन सूचारु गर्न तिलोत्तमाको निर्देशन

मंगलबार, ०६ असोज २०७७, १६ : १४
16 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शिक्षण गतिविधि सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ । नगर शिक्षा समितिको सोमबार बसेको बैठक तथा शिक्षा मन्त्रालयलको भदौ १९ गतेको निर्णय अनुसार नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई शिक्षण गतिविधि सूचारु गर्न निर्देशन दिएको हो ।

नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७, को दफा ३ मा उल्लेखित स्रोत र साधनका पहुँचका आधारमा विद्यार्थीलाई विभिन्न समूहमा वर्गिकरण गरी कक्षा सञ्चालन गर्न पाउने व्यवस्था अनुसार पठन–पाठन सञ्चालन गर्न निर्देशन दिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।