ताजा अपडेट »

प्रधानमन्त्री रोजगार कार्यक्रम गुल्मीमा प्रभावकारी

मंगलबार, ०६ असोज २०७७, १६ : ४९
6 Shares

गुल्मी । सरकारी अरु कार्यक्रमको तुलनामा प्रधानमन्त्री रोजगार कार्यक्रम निकै सानो हो । कतिपयले त सय दिने र कतै एक महिने रोजगार कार्यक्रमलाई खिसीटिप्री पनि गरे सुरुमा । तर गत वर्ष गुल्मीका सवै स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निकै उपलब्धी मुलक बनाए ।

केहि वर्ष अघिसम्म बाटो घाटो निर्माण, बिद्यालयका भवन निर्माण, पोखरी र चौतरा निर्माणको काम गाउँवासीले जनश्रमदानबाट गर्ने गर्दथे । पछिल्लो दुई दशक यता जनश्रमदान गर्न मानिसहरु जुट्नै छाडेका थिए । तर जब प्रधानमन्त्री रोजगार कार्यक्रम आयो सार्वाजानिक विकास निर्माणमा हिजोको त्यही जनसहभागिता झल्काई दियो । पहिला पहिलाको जनश्रमदानमा पनि चामल गहुँ लगाय दिने चलन थियो । अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दैनिक ५ सय १७ रुपैयाँ दिए पछि मानिसहरु थप उत्साहित भएर गाउँको कुलो कुलेसा, पँधेरो, पोखरी र घेरोटोबाट संरक्षणमा उत्साहित भएर जुटे ।

कतै सय दिने, कतै एक महिने रोजगार दिईयो । जागिरको शैलीमा भन्दा पनि आफ्नै घरको काम जस्तै ठाने जनश्रमदान कै शैलीमा मानिसले काम गरे । चन्द्रकोट गाउँपालिकाका रोजगार संयोजक यज्ञमुर्ति न्युपानेका अनुसार त्यस गाउँपालिकामा गत बर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ७६ जनालाई रोजगार दिईयो । ती श्रमिकहरुले किसीकोट प्राविको कक्षा कोठा बनाए । गाउँपालिकाको प्रङ्गाणमा सुन्दर बगैचा निर्माण गरे । जिर्ण घोरेटो बाटो, जिर्ण पोखरी र चौतारीहरु निर्माण गरे । एक महिने रोजागारले छर्लङ्ग देखिने उपलब्धी बन्यो । कार्यक्रम सानो तर प्रभाव मिठो परेको भन्दै त्यस गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्री नमुना कार्य गरिएको दावी गरे ।

लकडाउनका कारण आर्थिक रुपले थला परेका श्रमिकहरु वर्गले दैनिक ५ सय १७ रुपैयाँ कमाएर थोरै भए पनि राहत पाए । छिमेकी कालिगण्डकी गाउँपालिकाका रोजगार संयोजक यामबहादुर थापाका अनुसार त्यस कार्यक्रमबाट १ सय १६ जनालाई रोजगार दिईयो । जिर्ण घोरेटो बाटो निर्माण, भित्रि सडक मर्मत सम्भार र कुलो कुलेसो पुननिर्माण गरियो । सत्यवती गाउँपालिकाका रोजगार संयोजक सुभाष आर्यालका अनुसार त्यस गाउँपालिकाका १ सय ९५ जनालाई रोजगारी दिईयो । उनीहरुबाट कतै जिर्ण घोरोटो बाटो बनाईएको, कतै मन्दिर सम्म जाने सिढी चिनिएको र भित्री सडक मर्मत सम्भार, बृक्षरोपण गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उपलब्धीमुलक बनाईएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकलाले बताए ।

रुरु क्षेत्र गाउँपालिकाकी रोजगारी संयो करुणा पन्थीका अनुसार २ सय ३६ जना मजदुरहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि बनाईयो । उनीहरुबाट रुरु क्षेत्र धामको चक्रपथ निर्माण गरियो । सडकका नाली निर्माण गर्ने, जिर्ण पोखरी र चौताराहरु संरक्षण गर्ने कार्यभएको संयोजक पन्थीले बताइ्र्रन । छत्रकोट गाउँपालिका संयोजक शोभा श्रेष्ठका अनुसार २ सय ३६ जनालाई रोजगारी दिईयो । उनीहरुबाट मठ मन्दिर जाने सिडीहरु निर्माण गरियो । कसैबाट कागतीका विरुवा रोपाउने र कैसेबाट बृक्ष रोपण गरियो । गुल्मीदरवार गाउँपालिकाकी रोजगार संयोजक निर्मला पाण्डेका अनुसार १ सय ११ जनालाई रोजगारी दिईयो । त्यहाँका पर्यटकिय गन्तब्यहरुमा लालीगुराँस लगायका फु्लहरु रोप्ने काम भयो ।

शाखा सडकहरुको मर्मत सम्भार र नाली बनाउने काम गरियो । रेसुङ्गा नगरपालिकाका रोजगार संयोजक सन्तोष पन्थका अनुसार १ सय १९ जनालाई रोजागरी दिईयो । उनीहरुबाट मन्दिर सम्म जाने सिढी निर्माण गरियो । कतै कु्लो मर्मत सम्भार गरियो । भित्री पैदल यात्रा गर्ने बाटाहरुलाई पक्की बनाउने काम भयो । वडा नम्वर ८ को खानीगाउँका भित्री बाटाहरुमा हिलो र खाडलले बर्षायामा हिड्न सकिदैन्थ्यो । अहिले पक्की घोरेटोबाट बनेको छ । सडकका नालीहरु ब्यवस्थीत बनाईएको छ । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले २२ जनालाई निरन्तर ६ महिना सम्म लेन्थ वर्करको रोजगार दिईएको बताए । जसका कारण बर्षायामा पनि त्यहाँका वडा स्तर सम्मका सडक अवरुद्ध भएनन् । ईस्मा गाउँपालिकाका रोजगार संयोजक गणेश क्ुँवरका अनुसार त्यस गाउँपालिकामा १ सय १९ जनालाई रोजगार दिईयो । उनीहरुबाट त्यस गाउँपालिकाको ६ वटै वडाहरुमा हेलिप्याड निर्माण गरियो ।

मालिका गाउँपालिकाका रोजगार संयोजक खेमराज गैरेका अनु्सार त्यस गाउँपालिकामा २ सय ३९ जनालाई रोजगार दिईयो । उनीहरुबाट घोरेटोबाटो निर्माण मन्दिरहरुका सिढी चिन्ने काम, पधेरा र चौतराहरु संरक्षण गरियो । धुर्कोट गाउँकाकी रोजगार संयोजक मिना श्रीपालीका अनुसार २ सय ३९ जनालाई रोजगारी दिईयो । उनीहरुबाट पोखरी र चौतारा संरक्षमा बढि ध्यान दिईयो । नयाँ प्रतिक्षल निर्माणा गरियो । तिहारमा प्लाष्टिक माला निषेध धुर्कोटमा फुलहरुको बगैचा निर्माण पनि गरियो । परम्परागत पँधेराहरु मर्मत सम्भार गरियो । त्यस गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले एक दजर्न बढि जिर्ण पोखरीहरु खनेर गाई भैसीलाई पानी खुवाउन सहज बनाईएको बताए । मदाने गाउँपालिकाकी रोजगार संयोजक रमिता केसीका अनुसार त्यस गाउँपालिकामा २ सय ८ जनालाई रोजगारी दिईयो । उनीहरुबाट त्यहाँका शक्तीपिठ र पर्यटकिय गन्तब्य सम्म पु्ग्ने सिडी निर्माण गरियो ।

सडकको नाली बनाउने र पँधेरा र पोखरी संरक्षण गरियो । जिल्लाभर करिव २५ जनाले आंशिक रोजगार पाएको देखिन्छ । त्यो भन्दा पनि उनीहरुबट जिर्ण पँधेरो, पोखरी, चौतारी र घोरेटाबाटाहरुको संरक्षण बढि नै भएको पाईन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।