२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

बुटवल । प्रदेश ५ मा एकैदिन ६ सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । ५ नं. प्रदेश कार्यालय दाङले दिएको जानकारी अनुसार मृत्युहुनेमा बाँकेको कोहलपुर नगरपालिका ९ का ७० वर्षीय सुरतिया थारु रहेका छन् । नेपालगंजबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ क १६५३ नम्बरको ट्रकले कोहलपुर नगरपालिका– ८ पिपिरीमा ठक्कर दिँदा पैदल यात्री थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरबाट अनुसन्धान भईरहेको छ ।

Advertisement

यस्तै सवारी दुर्घटना परी बर्दियाको बढैयाताल गाउँपालिका– ७ राजापुरकी ५२ वर्षीय सरस्वती श्रेष्ठको ज्यान गएको छ । उनका श्रीमान मोहन श्रेष्ठले चलाएको भे ३ प ५८१ नम्बरको स्कुटी छाडा चौपायहरु सँग ठोक्किँदा घाईते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो । स्कुटी नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ७ घाईते

बाँकेको कोहलपुर नगरपालिका १० मा मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिँदा ३२ वर्षीय कलमी थारु घाईते भएकी छिन् । कोहलपुर–नेपालगंज सडकखण्डको वडा नं. १ मा बा ८२ प ६४१३ नंम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाईते उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भईरहेको र अवस्था सामान्य रहेको छ । मोटरसाइकल चालक कालिकोट शुभकालिका गाउँपालिका ३ का २१ वर्षीय पुष्पराज शाही लाई नियन्त्रण लिएको र इलाका प्रहरी कार्यालय कोहलपुरबाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका ४ वसन्तपुरमा लु ५१ प ९३८६ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा साईकल यात्री ६० वर्षीय अमिन यादब र मोटरसाइकल चालक २२ वर्षीय सन्देश शर्माघाईते भएका छन् । उनीहरुको मेडिकल कलेज भैरहवामा उपचार पछि डिस्चार्ज भएका छन् । मोटरसाईकल र साईकल नियन्त्रण लिएको र इलाका प्रहरी कार्यालय बेलहीयामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकामा लु ३२ प ५०१४ नंम्बरको मोटरसाइकल अनियन्त्रीत भई बिजुलीको पोलमा ठोकिन जादाँ मोटरसाईकल चालक ३४ वर्षीय श्याम बहादुर पुन घाईते भएका छन् । घाईते पुनको क्रिमसन अस्पताल मणिग्राममा उपचार भईरहेको र मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मंगलापुरबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै नवलपरासी रामग्राम नगरपालिका १५ सुक्रौलीमा लु १८ प १०७३ नंम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिँदा मोटरसाइकल र साईकल चालक दुवै घाईते भएका छन् । घाईतेहुनेहरुमा मोटरसाइकल चालक रुपन्देही ओमसतिया गाउँपमलिका २ पठखौलीका २८ वर्षीय दिलबहादुर पासी र साईकल यात्री नवलपरासी पाल्हिनन्दन गाउँपालिका ३ हरपुरका ४७ वर्षीय विरेन्द्रप्रसाद कहार रहेका छन् । घाईतेहरुको जिल्ला अस्पताल परासीमा उपचार भईपछि सामान्य भई डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा बर्दियाको बढैयाताल गाउँपालिका– ७ राजापुरका मोहन श्रेष्ठ घाईत भएका छन् । आफैले चलाएको भे ३ प ५८१ नम्बरको स्कुटी छाडा चौपायहरु सँग घाईत भएका उनको उपचारपछि डिस्चार्ज भएका छन् । स्कुटीमा सवार उनकी श्रीमतिको भने मृत्यु भईसकेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने रुस्दीमाथि हमलाः इरानी पत्रिका लेख्छ- शत्रुको घाँटी च्यात्ने हातलाई चुम्बन गर्नुपर्छ दल दल दर्ता गर्नका लागि तीन दिन मात्रै बाँकी