ताजा अपडेट »

अवरुद्ध लोकमार्ग खुल्यो

मंगलबार, ०६ असोज २०७७, १२ : ३६
2 Shares

बागलुङ । बडिगाड गाउँपालिका–२ राक्सेमा सोमबार साँझ खसेको पहिराले अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग सञ्चालनमा आएको छ । स्काभेटर लगाएर पहिरा पन्छाएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा आएको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए ।

लोकमार्ग अवरुद्ध भएपछि सदरमुकाम बागलुङ बजार हुँदै जिल्लाको पश्चिमतर्फ चल्ने सवारीसाधन बीचमै रोकिएका थिए । पहिराका कारण स्थानीयवासी दुर्गा अर्याल, जीतबहादुर विक, धनबहादुर थापा, वीरबहादुर घर्ती र गोविन्द अधिकारीको घरमा आंशिक क्षति पुगेको छ । घरमा बस्न जोखिम भएपछि पाँचै परिवारले छिमेकीकोमा आश्रय लिइरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।