ताजा अपडेट »

किन ओछ्यानमै पिसाब गर्छन् उमेर पुगेका बालबालिका र बयस्क ? कारण यस्ताे...

मंगलबार, ०६ असोज २०७७, १२ : १४
6 Shares

आजभोलिका बच्चाहरूमा शारीरिकसँगै मानसिक विकास पनि तीव्र गतिमा बढेको पाइन्छ । तसर्थ, सामान्यतया बच्चाले दैनिक जीवनमा गर्न हुने-नहुने कुरा अभिभावकबाट सानैदेखि सिकेका हुन्छन् । होस सम्हाल्न सक्ने उमेरदेखि नै उनीहरू अभिभावकले सिकाएका अधिकांश दैनिकी पछ्याइरहेका हुन्छन् । यद्यपि, केही बच्चा ठूलो भइसक्दासमेत ओछ्यानमै पिसाब गर्ने गर्छन् । यो आफैँमा एउटा समस्या हो ।

बच्चा बुझ्ने भएपछि पनि ओछ्यानमै पिसाब गर्छ भने त्यो एक मनोवैज्ञानिक समस्या हो । यो एक प्रकारको न्युरो साइकोलोजिकल डिसअर्डर हो । शरीरमा तन्त्रिकाहरूको विकास भइसकेपछि बच्चामा धेरै कुराको ज्ञान भइसकेको हुन्छ । तर, कतिपय अवस्थामा तन्त्रिकाहरू पूर्ण रूपमा विकसित नहुने हुन्छ । यसले उसको मनोविज्ञानमा असर पार्छ । अनि, पिसाब आएको थाहा नहुने भएकाले ओछ्यानमै छोड्ने गर्छन् । पाँच वर्षसम्मका बालबालिकामा ओछ्यानमै पिसाब फेर्ने बानी छ भने त्यो स्वाभाविकै मानिन्छ । कतिपय बच्चामा उमेर बढ्दै जाँदा समस्या आफैँ हटेर जान्छ । तर, करिब १५ प्रतिशत बच्चामा १५ देखि २० वर्षको हुँदासम्म समेत ओछ्यानमै पिसाब फेर्ने समस्या रहन्छ । यो चाहिँ समस्या हो ।

रोकथाम

ओछ्यानमै पिसाब गर्नु पिसाबसम्बन्धी समस्या नभएर न्युरो साइकियास्ट्रिक समस्या हो । तसर्थ, मेरुदण्डको एक्सरे गरेर केही निश्चित औषधिको प्रयोगबाट यसको उपचार गर्न सकिन्छ । यसका लागि पिसाबसम्बन्धी विशेषज्ञसँगै साइकोलोजिस्टहरूसँग परामर्श लिनुपर्छ ।

बच्चाको जीवनशैलीमा ध्यान दिन सके आधाभन्दा बढी समस्या आफैँ हट्छ । बच्चालाई मनोवैज्ञानिक सपोर्ट दिन आवश्यक छ । अभिभावकले बच्चाले पिसाब गर्ने समय ख्याल गर्दै निश्चित समयमा बिउँझाउनका अलार्म सेट गर्ने गरौँ । यसो गर्दा समय–समयमा शौचालय जाने बानी पर्छ र समस्या बिस्तारै कम हुँदै जान्छ ।

बच्चाको मनमा थोरै डरको भावना पैदा गर्नुपर्छ । तिम्रो स्कुलका साथीहरूको माझमा यो भनिदिन्छु, जस्ता डर देखाउन सकिन्छ । यसले पनि उनीहरू केही हदसम्म आफ्नो बानी सुधार्न सफल हुन्छन् ।

कारण

बच्चाको मेरुदण्डको पूर्ण विकास नहुनु, मनोवैज्ञानिक असर (दिमागी समस्या) र जीवनशैली आदिका कारण यस्तो समस्या देखा पर्ने गर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।