ताजा अपडेट »

पूजा गरेर फर्कने क्रममा पहिरोमा परी २ जनाको मृत्यु, एक घाइते

मंगलबार, ०६ असोज २०७७, ११ : ५७
2 Shares

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर २ जना पैदल यात्रीको मृत्यु भएको छ । पहिरोमा परेर १ जना घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ रातचौरमा बाटो माथीबाट खसेको पहिरोमा परेर ३९ वर्षका प्रेमबहादुर कुमाल, ५ वर्षका सफल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक केदारराज पन्तले जानकारी दिए ।

पहिरोमा ६० वर्षका तिलक कुमाल घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी जनाएको छ । उनको अबस्था समान्य रहेको छ । सोमबार साँझ पूजा गएर फर्किने क्रममा बाटो माथीबाट खसेको पहिरोमा परेर २ जा बेपत्ता भएका थिए । रातको समयभएपछि मंगलवार बिहान नेपाली सेना, शसस्त्र प्रहरी, प्रहरी मिलेर शव फेला पारेको शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक अशोक कुमार लम्सालले जानकारी दिए ।

पहिरोबाट निकालिएका शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल लगिएको उद्धारमा खटिएका शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी निरिक्षक कम्लेसकुमार यादवले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।