ताजा अपडेट »

नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु

सोमबार, ०५ असोज २०७७, १६ : ३६
6 Shares

बुटवल । नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ। १ हजार ५ जना संक्रमण मुक्त भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।