ताजा अपडेट »

११५४ जनामा कोरोना संक्रमण, १००५ संक्रमित डिस्चार्ज

सोमबार, ०५ असोज २०७७, १६ : २५

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप ११५४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी ११५४ जनामा कोरोना संक्रमण भएको बताएका हुन्।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या एक हजार ५ जना रहेका छन् भने कुल निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।