१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

बाँके । कोरोना सङ्क्रमणका कारण पर्यटकहरुको आगमन हुन छाडेपछि होमस्टे(घरवास पर्यटन) व्यवसायमा सम्भावना नदेखेका यहाँका व्यवसायीहरु धमाधम कृषि पेशामा लागेका छन् । कोभिड–१९ को प्रभावपछि यहाँका होमस्टे सञ्चालक आम्दानीको विकल्प नभएपछि कृषि पेशा नै रोज्न थालेका हुन् ।

Advertisement

बैजनाथ गाउँपालिकास्थित गाभर भ्यालीका गङ्गादत्त जैसीले बैंकबाट रु २० लाख ऋण निकालेर होमस्टेमा लगानी गरेका थिए । उनको यस व्यवसाय विस्तारै फस्टाइरहेको थियो । आन्तरिक तथा बाह्य पर्यटकहरु उनको होमस्टेमा आउने क्रम बढ्दै थियो । पर्यटकको स्वागत सत्कारमा उनको परिवार व्यस्त हुने गर्दथ्यो । उनलाई केही वर्षअघि नै होमस्टे शुरु गर्न पाएको भए राम्रो आम्दानी गर्न सकिने रहेछ भन्ने लागेको पनि थियो ।

आम्दानी भएपछि ऋण चुक्ता गर्न उनलाई खासै समस्या थिएन । बैंकलाई पाँच लाख रुपैयाँ बुझाउन बाँकी थियो । पाँच महिना यता भने उनलाई त्यो व्यवसाय निकै समस्या बन्न पुग्यो । कोभिड–१९ को प्रभावपछि पर्यटकको आगमन नभएपछि अब बैंकको ऋण कसरी तिर्ने र आफ्नो गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताउन थालेको छ । उनी भन्छन, “कोही पाहुना आइहाले पनि रोगको सङ्क्रमणको त्रासले गर्दा डराउनुपर्ने स्थिति छ ।” गत चैतमा लकडाउन भएपछि मासिक पाँच हजार रुपयाँ किस्ता तिर्न पनि मुस्किल परेको जैसीले बताए ।

कोभिड–१९ को प्रभावपछि यहाँका होमस्टे सञ्चालकले आम्दानीको विकल्प रोज्न थालेका छन् । यतिबेला जैसीको पाहुना घर खाली छ । यो समयमा उनी पाहुना कुरेर बस्नुभन्दा आयआर्जनको विकल्पका रूपमा पहिलेकै झैं कृषि पेशा अँगालेका छन । यसै महिना उनले ३० वटा बाख्रा खरिद गरेर बाख्रापालन गर्न शुरु गरेका छन । बाख्रासँगै भैंसी, कुखुरा पनि पाल्ने योजना रहेको उनी बताउछन । उनले भाडामा लिएको तीन बिघा जग्गामा गोलभेंडा खेती गर्न थाल्नु भएको छ । उनको नौ जनाको परिवार सबै खेतीपातीमा खटिएका छन् । “पाहुनासँग डराउनु पर्ने स्थिति आयो, पेट पाल्न विकल्प रोज्नै प¥यो,” उनले भने, “होमस्टेलाई एग्रो फार्मका रूपमा विकास गर्दैछु ।”

गाभर भ्याली होमस्टेका प्रायः सबैजसो सञ्चालकहरु अहिले कृषि र पशुपालनतिर मोडिएका छन् । बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको गाभर भ्याली होमस्टे सात वर्षदेखि सञ्चालनमा छ । खासगरी सुदूरपश्चिमका पर्यटकीय स्थल रारा, खप्तड, धनगढी, कञ्चनपुर, बर्दिया निकुञ्जलगायत स्थलमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटक विश्राम गर्ने केन्द्र यही हो । यहाँका १७ घर होमस्टेमा अहिले पाहुना आउँदा स्वागत त के डराएर कसैले राख्न खोज्दैनन् । ऋण गरेर लगानी गरेको व्यवसायमा यसरी एक्कासि घाटा खेप्नुपरेपछि व्यवसायीहरु चिन्तित बनेका छन् ।

होमस्टे व्यवसायी कर्णराज रोकायले दुई वर्षअघि होमस्टेमा प्रशस्त सम्भावना देखेर लगानी लगाउनुभएको थियो । यसमा उनले सोचेभन्दा राम्रो आम्दानी पनि भएको थियो । थप लगानी लगाएर होमस्टेलाई व्यवस्थित गर्ने सोचसमेत बनाएका थिए । वन डिभिजनमा करारको जागिर छोडेर उनले व्यवसायमा हात हालेका हुन । अहिले भने उनी लगानी डुब्ने चिन्तामा छन । झन्डै २२ हजार रुपैयाँ बैंकको ब्याज तिर्नुपर्दा सकस छ । उनी भन्छन, “आम्दानी सुको छैन । बैंकको ऋण तिर्न र परिवार पाल्नका लागि अब तरकारी खेती गर्ने सोचमा छु ।”

राप्ती सोनारी गाउँपालिकामा पर्ने नयाँ गाउँ होमस्टेको अवस्था पनि उस्तै छ । यहाँका प्रायः व्यवसायी विकल्पका रूपमा कुखुरापालन र तरकारी खेती गर्न थालेका छन् । दुई वर्षदेखि होमस्टे सञ्चालनको अनुभव बटुलेकी नानीकला जैसीले होमस्टे चलाउन नसकेपछि तरकारी खेती गर्न थालेको बताए । “पहिला पाहुनाकै सत्कारमा समय दिन भ्याइनभ्याइ हुन्थ्यो”, उनले भने, “तर अहिले कोरोनाको डरले होमस्टे सञ्चालन नभएपछि तरकारी बेचेर भए पनि घर खर्च चलाउन थालेकी छु ।”

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण