ताजा अपडेट »

के हाे थाइराइडका लक्षणहरु ? यसबाट बच्न यी ५ चीजबाट जोगिनुस्

सोमबार, ०५ असोज २०७७, ११ : ३५
6 Shares

थाइराइडका रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको अध्ययनहरुले देखाएका छन् । भारतमा गरिएको एक अध्ययन अनुसार चेतनाको अभावका कारण यो रोगका पीडितको संख्या बढिरहेको छ । थाइराइडका कारण, स्वास्वासप्रस्वास, कोलस्ट्रोलको समस्या, डिप्रेसन, डायविटीज, इसोमनिया तथा मुटाका बिरामीको खतरा बढेको छ । चिकित्सकहरुका अनुसार खानपानमा ध्यान नदिँदा थाइराइड बढ्दै जान्छ । यस कारण थाइराइण भएको खण्डमा के खाने के नखाने भन्ने जानकारी लिनु आवश्यक छ ।

आयोडिनयुक्त खाना :- थाइराइड ग्ल्याणले हाम्रो शरीमा आयोडीनलाई लिएर थाइराड हर्मोन उत्पादन गर्छ । यसका लागि हाइपोथाराइड भएको खण्डमा आयोडिन धेरै भएको खाने कुरालाई टाढा राख्न फाइदाजनक हुन्छ । सी फूड तथा आयोडीनयुक्त नूनका पूर्ण रुपमा नियन्त्रण आवश्यक छ ।

कफि :- कफिले सिधै थाइराइड बढाउँदैन । तर यसले थाइराइडको कारण उत्पन्न हुने दुखइलाई बढावा दिन्छ । जस्तै बैचनी तथा निन्द्राआदी यसका समस्या हुन् ।

रातो मासु :- रातो मासुमा कोलस्ट्रोल तथा फ्याट बढी हुन्छ । यसको प्रयोगले तौल तिव्र रुपमा बढ्छ । थाइराइड हुनेको तौल त यसैपनि तिव्ररुपमा बढ्छ । जसका कारण थप समस्या हुन्छ ।

रक्सी :- थाइराइड भएकालाई रक्सी , बीयरआदीले निकै प्रभावित गर्छ । यसले गर्दा शरीरिक उर्जालाई प्रभावित पार्छ । यसका कारण थाइराइड भएका मानिसको निद्रामा समेत समस्या बढ्छ ।

वनस्पति घ्यू :- वनस्पति घ्यूलाई हाइड्रोजनसँग मिलाएर बनाइन्छ । यसले राम्रो कोलस्ट्रोललाई नाश गर्छ र नराम्रोलाई बढाइदिन्छ । जसले थाइराइडबाट उत्पन्न हुने समस्या उत्पन्न गर्छ । यसले त्यसलाई बढाइदिन्छ । यस्तो घ्यू वजारमा भएका होटलआदीमा व्यापक मात्रामा प्रयोग गरिएको हुन्छ । तसर्थ सकभर बजारमा खाने नगर्नुहोस् ।

थाइराइड हुने कारण :- हर्मोनको कमीले गर्दा हाइपोथाइरिटिजम देखिने समस्या बढी हुन्छ। ३०–४० वर्षअगाडि आइडिनको कमीले गर्दा हर्मोन कमी हुन्थ्यो। तर अहिले थाइराइड अटो इम्युनको कारणले गर्दा हुन्छ। प्रतिरोधी प्रणाली (इम्युन सिस्टम) ले भित्रबाट थाइराइड ग्रन्थी भत्काउछ। लिथियम नामक औषधिले हर्मोन कम हुनसक्छ। हर्मोन बढीको समस्यामा झोल आयोडिन दिइन्छ।

लक्षण :- हर्मोन कम र बढी हुँदाका लक्षण अलग–अलग हुन्छन् ।

कम हुँदा :

शरीर गलेको महसुस हुने।
शरीर सुन्निने ।
कपाल झर्ने ।
निन्द्रा नलाग्ने वा बढी लाग्ने ।
छाला फुस्रो हुने ।
महिनावारी गडबड हुने ।

बढी हुँदा :

तौल घट्दै जाने ।
शरीर तातो हुने ।
निन्द्रा नलाग्ने ।
मुटुको धड्कन बढेजस्तो हुने।
हात–खुट्टा काँप्ने ।
चिडचिड पसिना आउने ।
बढी रिस उठ्ने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।