ताजा अपडेट »

बुटवलबाट चार दिनदेखि हराएका स्वास्थ्यकर्मीको शव तिलोत्तमामा भेटियाे

सोमबार, ०५ असोज २०७७, ०८ : ००
26 Shares

बुटवल । बुटवलबाट चार दिनदेखि बेपत्ता सिनियर अहेब बिष्णु प्रसाद नेपालको शव फेला परेको छ । उनको सोमबार बिहान तिलोत्तमा -१६ मधवलिया ,बिहुली १६/३६ नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिहँ राठौरले बताए ।

नेपाल बिहीबार राति १२ः १५ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं. को मोटरसाइकलमा निस्केकोमा घरमा नगई बेपत्ता भएका थिए । नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहर खसेको हुन सक्ने आशंकामा प्रहरीले नहरको पानी बन्द गरेर उनको खोजी गरि रहेको थियो ।

शुद्धोधनगाउँपालिका–४ का ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत रहेका थिए । नेपाल सोही ठाउँमा रहेको भावना मेडिकल हलका सञ्चालक समेत हुन् । उनका श्रीमती र एक छोरा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।