ताजा अपडेट »

आईपीएल : सुपर ओभरमा पञ्जाबमाथि दिल्लीको जित

सोमबार, ०५ असोज २०७७, ०७ : ३०
6 Shares

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ ।

गए राति यूएईमा सम्पन्न खेलमा दिल्लीले सुपर ओभरमा किंग्स ११ पञ्जाबलाई हराउँदै विजयी यात्रा सुरु गरेको हो । सुपर ओभरमा पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो । लोकेश राहुल र निकोलस पुरनलाई कागीसो रबाडाले आउट गराए । दिल्लीका लागि भने ऋषभ पन्तले विजयी रन बनाउन सफल भए ।

त्यसअघि जितका लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले पुरै २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । पञ्जाबका लागि मयंक अग्रवालले सर्वाधिक ८९ रनको योगदान दिए । यस्तै, लोकेश राहुलले २१ रन, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १२ रन जोड्न सफल भए । बलिङतर्फ दिल्लीका लागि रविचन्द्रन आश्विन, कागिसो रबाडा र मार्कस स्टोइनिसले समान २/२ विकेट लिए । अक्षर पटेल र मोहित शर्माले एक एक विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । सुरुवातीक्रममा खराब प्रदर्शन गरेको दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित ५३ रनको अर्धशतकिय पारी खेले । कप्तान श्रेयस लेयरले ३९ तथा ऋषभ पन्तले ३१ रन जोडे ।

पञ्जाबका मोहम्मद शामीले ३ विकेट लिए । यस्तै, शेल्डन कटरेलले २ तथा रबि बिश्रोईले १ विकेट लिए । दिल्लीले आईपीएलको पहिलो खेलमा नेपालका लेग स्पिनर सन्दीपलाई बेन्चमा राखेको थियो । दिल्लीले सेप्टेम्बर २५ मा चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।