ताजा अपडेट »

रुपन्देहीमा सेफ्टि ट्याङ्कीमा डुबेर १० वर्षीय बालकको मृत्यु

आइतबार, ०४ असोज २०७७, २० : ३३
4 Shares

बुटवल । रुपन्देहीमा सेफ्टि ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१० दोदगहरीका १० वर्षीय सुग्रिम कुमीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खड्काले बताए ।

छिमेकी श्रवण लोनियाको निर्माणाधीन घरको सेफ्टि ट्याङ्कीमा डुबेर कुर्मीको मृत्यु भएको हो ।  मृतक बालक शनिबार साँझ ७ बजेदेखि हराएका थिए भने खोज्दै जाने क्रममा आइतबार बिहान निर्माणाधीन घरको सेफ्टि ट्याङ्की भित्र मृत अवस्थामा फेला पारेका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।