ताजा अपडेट »

रुपन्देहीमा थपिए ५४ संक्रमित, कुन पालिकामा कति ?

आइतबार, ०४ असोज २०७७, १९ : १९
4 Shares


बुटवल । रुपन्देहीमा आइतबार ५४ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये २१ जना महिला र ३३ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या २ हजार ५४ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आइतबार बुटवल उपमहानगरपालिकामा १३ महिला र १६ पुरुष गरी २९ संक्रमित थपिएका छन् । यस्तै सैनामैना नगरपालिकामा ७ जना, गैडहावा गाउँपालिकामा ६ जना, तिलोत्तमा नगरपालिकामा ५ जना,  सिद्धार्थनगर नगरपालिकामा ३ जना, देवदह नगरपालिका, रोहिणी गाउँपालिका र सियारी गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा कूल संक्रमित मध्ये १ हजार २६० जना संक्रमित निको भएका छन भने ७७३ जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।