Aug 8, 2022
बुटवल । बुटवल उपमहानगरपालिकामा आइतबार १४ कोरोना संक्रमित थपिएका छन् । यो सँगै बुटवलमा कोरोना संक्रमितको संख्या ७२६ पुगेको छ ।
आइतबार वडा नम्बर ५, ८, १०, ११, १२, १३ र १५ मा १÷१ जना, ९ मा २ जना र ७ मा ४ जना नयाँ संक्रमित थपिएको उपमहानगरपालिले जनाएको छ । संक्रमित मध्ये ३७९ जना डिस्चार्ज भएका छन् भने ३४७ जना संक्रमित उपचाररत अवस्थामा रहेका छन् ।
प्रतिकृया दिनुहोस्