ताजा अपडेट »

उद्योग व्यापार संगठनको कार्ययोजना सार्वजनिक

आइतबार, ०४ असोज २०७७, १६ : ५८
2 Shares

भैरहवा । उद्योग व्यापार संगठन रुपन्देहीले आफ्नो वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । संगठनको शनिबार भैरहवामा बसेको १३ औं वार्षिक कार्ययोजना बैठकले वर्ष भरिको कार्ययोजना स्वीकृत गरेको हो । उद्योग व्यापार संगठनले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी ११ बुंदे कार्ययोजना सार्वजनिक गरेको छ ।

संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले कोभिड–१९ को कारण ६ महिना सम्म उद्योग व्यापार बन्द गर्नु परेको कारण राहत प्याकेजको लागी दबाब दिने निर्णय गरेको बताए । उनले उद्योग र व्यापार क्षेत्रका व्यवसायीहरुलाई बैंकको छुट र किस्ताको समयअवधि बढाउन पहल गर्ने र होटल तथा रेष्टुरेण्ट, यातायात, ब्यूटिपार्लर, सैलुन र निजि स्कूलहरुलाई परेको प्रभावमा सरकारको सम्बन्धित मन्त्रालयबाट विज्ञहरुको टोली गठन गरि लगानीको आर्थिक नोक्सानको यथार्थ विवरण बाहिर ल्याई राहत प्याकेजको घोषणा गर्न पहल गर्ने बताए ।

यस्तै संगठनले आफै खरिद गरेको जग्गामा भवन निर्माण गर्ने समेत जनाएको छ । यसअघि सिद्धार्थनगर नगरपालिकामा रहेको नेपाल सरकारको नाममा रहेको जग्गा प्रयोग गर्ने भनिए पनि त्यसमा विवाद भएको कारण अब आफ्नै जग्गामा कार्यालय निर्माण गर्ने भण्डारीले जनाए । भवन निर्माणको लागी सहयोग गर्न विभिन्न १६ वटा उपसमिति समेत गठन गरिएको छ । यस्तै कोभिड–१९ को कारण रोकिएको दैनिक जीवनस्तर उकास्न नगर सरसफाई, रक्तदान कार्यक्रमको आयोजना गर्ने, उद्योग व्यवसायीहरुका समस्या समाधानमा पहल गर्ने, अन्तरक्रिर्या कार्यक्रम सञ्चालन गर्ने र नयाँ वर्षको २०७८ को क्यालेण्डर प्रकाशन गर्ने निर्णय भएको छ ।

संगठनले २०७८ को नया सालको अवसर पारी २०७७ चैत्र मसान्तमा न्यु ईयर ईभको रुपमा सडक खाना महोत्सव मनाउने कार्ययोजना समेत सार्वजनिक गरेको छ । व्यवसायीहरुका दर्ता नविकरण र व्यवसायीहरुको गुनासो रिपोर्ट गरि चैत्र मसान्त भित्र नै संगठनको र यस मातहतका शाखा संगठनहरुको बार्षिक साधारण सभा र अधिवेशन गर्ने कार्ययोजना समेत रहेको अध्यक्ष भण्डारीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।