ताजा अपडेट »

फूलपाती सेलाउन जाँदा डुबेर रुपन्देहीमा एकको मृत्यु

आइतबार, ०४ असोज २०७७, १६ : ०८
6 Shares

बुटवल। हिन्दु धर्मअनुसार पूजा सम्पन्न गरिसकेपछि नजिकको खोलामा गई फूलपाती सेलाउने (बगाउने) परम्परा छ । यस्तै परम्परा निभाउने क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नंं.१६ का एक पुरुषको ज्यान गएको छ ।

आफ्नै घरमा सम्पन्न लाख बत्ती पूजाको फूलपाती सेलाउन जाँदा नदीले बगाएर उनको मृत्यु भएको हो । ४५ वर्षिय नरबहादुर कुमालको शनिबार बिहान तिनाउ नदीमा डुबेर मृत्यु भएको र अमुवा पुल नजिक उनको शव भेटिएको इलाका प्रहरी कार्यालय चिलियाले जनाएको छ । शनिबार मृत्यु भएका कुमालको आइतबार सनाखत भएको प्रहरीले जानकारी गराएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।