ताजा अपडेट »

आईपीएल: दिल्ली र पञ्जाब भिड्दै

आइतबार, ०४ असोज २०७७, १२ : १४
2 Shares

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १३ औँ संस्करणको दोस्रो खेलमा आइतबार दिल्ली क्यापिटल्स र किङ्ग्स इलेवेन पञ्जाब भिड्दैछन् । खेलमा नेपाली समयानुसार साँझ ७:४५ बजे युएईको दुबई अन्तराष्ट्रिय मैदानमा हुँदैछ ।

नेपाली लेग स्पिनर सम्मिलित दिल्लीको बलिङ पक्ष निकै बलियो रहेको छ । टोलीमा सन्दिपसहित कागिसो रबडा, अमित मिश्रलगायतका अनुभवी खेलाडी रहेका छन् । साथै, मध्यम खालका ब्याट्सम्यान रहेका छन् । यता पञ्जाब भने अहिलेसम्म युएईमा भएको खेलमा कुनैमा पनि हार व्यहोरेको छैन । सन् २०१४ मा टोलीले त्यहाँ सबै ५ खेलमा जीत हासिल गरेको थियो ।यसअघि शनिबार भएको उद्घाटन खेलमा चेन्नई सुपर किङ्सले सावित विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

भारतमा बढ्दो कोरोना भाइरसको महामारीको कारण यसवर्षको आईपीएल युएईमा सुरु भएको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।