ताजा अपडेट »

दुई दिनदेखि बेपत्ता रुपन्देहीका स्वास्थ्यकर्मी भेटिएनन् , प्रहरीद्वारा खोजी जारी

शनिबार, ०३ असोज २०७७, २० : ०४
18 Shares

बुटवल । बुटवलबाट दुई दिनदेखि बेपत्ता सिनियर अहेब बिष्णु प्रसाद नेपाल शनिबार साँझसम्म भेटिएका छैनन् । सुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत रहेका थिए । नेपाल सोही ठाउँमा रहेको भावना मेडिकल हलका सञ्चालक समेत हुन् ।

नेपाल बिहीबार राति १२ः १५ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं. को मोटरसाइकलमा निस्केकोमा घरमा नगई बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा उक्त नम्बरको मोटरसाइकल प्रहरीले बुटवल उपमहानगरपालिका–६ स्थित नहरको छेउमा फेला पारेको प्रहरीले जनाएको छ ।

नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहरमा खसेको हुन सक्ने आशंकामो प्रहरीले शनिबार नहरको पानी बन्द गरेर दिनभर खोजी कार्य गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए । उक्त मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा रहेको प्रवक्ता खत्रीले बताए । बेपत्ता नेपालका एक छोरा र एक श्रीमती रहेकी छिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।