ताजा अपडेट »

रुपन्देहीमा थपिए ५८ कोरोना संक्रमित, संक्रमितको संख्या २००० पुग्यो

शनिबार, ०३ असोज २०७७, १९ : ५२
6 Shares

बुटवल । रुपन्देहीमा शनिबार ५८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १९ जना महिला र ३९ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या दुई हजार पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार बुटवल उपमहानगरपालिकामा १ महिला र २२ पुरुष गरी ३१ संक्रमित थपिएका छन् । यस्तै देवदह नगरपालिकामा ७ जना, सिद्धार्थनगर नगरपालिकामा ११ जना, देवदह नगरपालिकामा ७ जना, तिलोत्तमा नगरपालिकामा २ जना, , सैनामैना नगरपालिकामा ३ जना, मायादेबि गाउँपालिकामा, लुम्बिनी सांस्कृतिक नगरपालिका र सुदोधन गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् । रुपन्देहीमा कूल संक्रमित मध्ये १ हजार २२८ जना संक्रमित निको भएका छन भने ७५२ जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।