ताजा अपडेट »

दाङका १७ कैदीबन्दी रिहा

शनिबार, ०३ असोज २०७७, १६ : ३२
4 Shares

तुलसीपुर । दाङमा १७ जना कैदीबन्दीको बाँकी कैद मिनाहा गरिएको छ । संविधान दिवसका अवसरमा जिल्लाको घोराही कारागारबाट ११ जना र तुलसीपुर कारागारबाट ६ जना गरी १७ जनाको बाँकी कैद मिनाहा गरिएको हो । तुलसीपुर कारागारका जेलर युवराज परियारले दिएको जानकारी अनुसार सवारी ज्यान सम्वन्धी दुई जना, डाँकाचोरी सम्वन्धी १ जना र नकावजनी चोरी सम्वन्धी ३ जना गरी ६ जनालाई जेलमुक्त गरिएको हो ।

घोराही कारागारका जेलर विष्णु प्रसाद पाण्डेका अनुसार कर्तव्य ज्यान सम्बन्धीका ४ जना, सवारी ज्यान सम्बन्धीका ४ जना, हातहतियार खरखजना सम्वन्धी १ जना, ठगी सम्वन्धी १ जना र ज्यान मार्ने उद्योग सम्बन्धी १ जना गरी ११ जनालाई जेलमुक्त गरिएको छ । यसरी जेलमुक्त हुनेमा दाङका १३ जना , सल्यानका १ जना, सुर्खेतका १ जना र नवलपरासीका १ जना रहेका छन् । यो संगै तुलसीपुर कारगारमा बाँकी ४५१ र घोराही कारागारमा २७६ जना कैदीबन्दी रहेका छन् ।

सरकारले प्रत्येक वर्ष सविधान दिवसका अवसरमा पचास प्रतिशत कैद भुक्तानी गरेका , असल चालचलन भएका र नकारात्मक सुचीमा नपरेका कैदीहरुको कैद मिनाहा गदै आएको छ ।

नेपालगन्ज कारागारका चार जना कैदी जेलमुक्त

नेपालगञ्ज कारागारका चार जना कैदीले माफी पाएका छन्। सरकारले संविधान दिवसको अवसरमा उनीहरुलाई माफी दिएको हो । नेपालगञ्ज कारागारका जेलर देवेन्द्र श्रेष्ठले बाँके कम्दीका ललित क्षेत्री भन्ने असिम क्षेत्री, खजुराका उमेश थापा, कोहलपुरका शेरबहादुर बस्नेत र जाजरकोटका मानसिंह टमटाको कैद मिनाहा भएको जानकारी दिए।क्षेत्री ज्यान मार्ने उद्योग र डाँका चोरी, थापा र बस्नेत ज्यान सवारी मुद्दा र टमटा कर्तब्य ज्यान मुद्दाका कैदी थिए ।

चार जनाको कैद मिनाहा भए पनि पाँच जना जेष्ठ नागरिक भने निराश भएका छन्। कारागार प्रशासनले दोस्रो पटक नाम पठाएपनि पाँच जना जेष्ठ नागरिकको कैद मिनाहा भएन । जेष्ठ नागरिकहरु अधिकांश जबरजस्ती करणी मुद्दाका छन् ।कारागार प्रशासनका अनुसार, अहिले कारागार ७ सय ८५ जना कैदी बन्दी रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।