२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

भैरहवा। संविधान दिवसको अवसरमा रुपन्देहीको भैरहवामा लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले अन्तरक्रिया तथा वृक्षारोपण गरेर संविधान दिवस मनाएको छ । मुलुकमा गणतन्त्र आम जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोहि आन्दोलनको बलमा प्राप्त व्यवस्था मार्फत गठीत संविधानसभाले नेपालको संविधान २०७२ जारि गरेकोले संविधान दिवस आम जनताको दिवस भएको भन्दै सबैले हर्षोल्लासका साथ मनाउने सिलसिलामा आफुहरुले पनि कार्यक्रम गरेको आयोजकले बताएका छन् ।

Advertisement

स्थानिय सरकारहरुले पनि कुनै कार्यक्रम नगरिरहेको अवस्थामा क्लबले बाल बहिरा माध्यामिक विद्यालय जंगलटोलमा एक कार्यक्रम गरि संविधान दिवसको अवसरमा शुभकामना आदन प्रदान गरेको हो । नेपाली जनताको शक्ति र बलिदानीबाट प्राप्त संविधानसभाबाट बनेको संविधानको पालना गर्नु सबै नागरिकको जिम्मेवारी रहेको हुँदा उक्त दिनको अवसर पारेर खुसीयालि स्वरुप कार्यक्रम गरेको ग्रीन सिटीका अध्यक्ष शिवनाथ गुप्ताले बताए । उनले भने, ‘हामी सेवा गछौं भन्ने लायन्सको अन्तराष्ट्रिय नारालाई आत्मसाथ गर्दै स्थापना भएको भैरहवा ग्रीनसिटीले संविधान दिवसका दिन ग्रीनरीको अभियान स्वरुप बृक्षारोपण पनि गर्न गइरहेका छौं । ’

सो अवसरमा लायन्स क्लब अफ ३२५ बि २ का स्ट्राजेडिक चिफ नवराज न्यौपानेले देशको मूल कानुन संविधान घोषणा भएको दिनको अवसर पारेर आयोजित कार्यक्रमले सबैलाई उत्साहित बनाएको बताए । उनले नेपालको मूल कानून संविधानले सामाजिक सेवामा अग्रसर हुनेलाई कानूनतः थप उत्प्रेरित गरेको बताए । कार्यक्रममा सिद्धार्थनगर वडा नम्बर २ का अध्यक्ष दीपक कुमार थापाले संविधानप्रदत्त अधिकार प्रयोग गर्दै विभिन्न सामाजिक संघसंस्था र आम नागरिकले विभिन्न क्षेत्रबाट समृद्ध नेपालकोलागि प्रदान गरिरहेको योगदानको राज्यले कदर गर्ने बताए ।

कार्यक्रममा बालबहिरा माध्यामिक विद्यालयका प्राचर्य भिम बहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देही सहसचिव कमल रायमाझी, म्यूडिहवा प्रहरी चौकि प्रमुख हृदय चौहान, कार्यक्रम संयोजक दिनेश ठाकुर, रोशन शर्मा लगायतले संविधान दिवसको महत्व र सामाजिक संघसंस्थाको भूमिकाको विषयमा धारणा राखेका थिए । सो अवसरमा उक्त विद्यालय प्रांगणमा बृक्षारोपण समेत गरिएको छ । भैरहवा ग्रीनसिटीले भैरहवाको निश्चित क्षेत्रलाई ग्रीनसिटी पार्क बनाउनेगरी कार्यक्रम बनाइरहेको क्लबका प्रथम उपाध्यक्ष गोबिन्द प्रसाद गिरीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

जंगली जनावरको आक्रमणबाट दुई जनाको मृत्यु कार्यकर्तालाई निर्वाचनमा होमिन नेकपा एकिकृतको आग्रह प्यूठान जीप दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो रोट्रयाक्ट क्लब अफ कोटिहवाद्वारा निःशुल्क शिविर, करिब ४ सय जनाले लिए सेवा राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या चर्चमा आगलागी, ४१ जनाको मृत्यु प्यूठानमा जीप दुर्घटना, नौ जना घाइते लुम्बिनी सरकारको प्रगति : तालिम गोष्ठिदेखि कर्मचारीको विवरण सार्वजनिकसम्म पाल्पामा सोमप्रसाद भर्सेस ठाकुर गैरे !, अर्को क्षेत्रमा कसको चर्चा ? बुटवल उपमहानगरको न्यायिक समितिले गर्‍यो ६ वटा विवाद निरुपण थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु बजेट अधिवेशनमै धमाधम कानुन निर्माण १३ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल आत्मनिर्भर हजुरआमाहरू संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो