ताजा अपडेट »

कला, संस्कृति र साहित्य समाजको दपर्ण

शनिबार, ०३ असोज २०७७, १४ : ०५
8 Shares

बुटवल । छन्दबादी समाज नेपालका अध्यक्ष, लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका अध्यक्ष तथा प्रगतिशिल लेखक संघका उपाध्यक्ष कविराज पौडेलले शनिबार बुटवलमा ‘जिन्दगी’ र समसामयिक अवस्था चित्रण गर्ने ‘कोरोनालाई चिठ्ठी’ कविता सुनाए ।

हे मृत्यु ऐले नआ !
यी सांसारिक रोगका विरसिला सुन्दै कथुङ्ग्री अझै ।
आनन्दै छु बसी यहीँ नियतिका चढ्दै म थुक्की अझै ।
बाँच्ने लोभ हुँदा छ दुःखपिरको सानोतिनो त्यो कथा ।
साह्रै दुःखित छैन मार्छु म भनी हे मृत्यु ऐले नआ ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ४२ औ नियमित बैठक तथा साहित्यीक अन्तरक्रियामा उनलाई साथ दिए तिलोत्तमा साहित्य प्रतिष्ठानका महासचिव लिलाधर पाण्डेले । पाण्डेले कोरोना कहरसँग सम्बन्धित मुक्तक र गजलहरु सुनाए ।

धेरै पछि सुनसान शहर देखियो, चारैतिर कोरोनाको कहर देखियो ।
कोही कुबेर होला कोही सुदामा होला, सबैमा जिवन बाच्ने रहर देखियो । धेरै पछि कोरोनाको कहर देखियो ।
न कोही शत्ता पक्ष न प्रतिपक्ष नै छ, देशैभरि एकताको लहर देखियो । चारैतिर कोरोनाको कहर देखियो ।
न ज्ञान र विज्ञान संगै नै छ ओखती, सर्वत्र ब्यस्त अनौठौ जहर देखियो चारैतिर कोरोनाको कहर देखियो ।
बाच्नमात्र पर्छ अनेक देख्न पाईन्छ भन्थे, कहाली लाग्दो एउटा ठूलो प्रहर देखियो ।
धेरै पछि सुनसान शहर देखियो, चारैतिर कोरोनाको कहर देखियो ।

करौडौ कमाउनेले नी के पो खान्छ र ? कात्रो बाहेक मर्दा के पो लान्छ र ?
यति विद्म घमण्ड किन हो तिमीमात्रै, हासेर बोल्दैमा तिम्रो के पो जान्छ र ?

कला, संस्कृतिबाट समाजमा भएका बेथिति, विसंगतिमाथि प्रहार हुने उनले बताए ।
यसैगरिकार्यक्रममा क्लबका अध्यक्ष गोपाल ज्ञवालीले कोभिड-१९ विरुद्ध विभिन्न सचेतनासंगै सुरक्षा निकाय, पत्रकार संघसंस्थाहरुलाई मास्क वितरण, हेन्ड सेनिटाईजर वितरण कार्यक्रम गरिएको बताए । विषम परिस्थिती अनुसार भर्चुअल कार्यक्रम समेत गरिएसँगै पछिल्लो समय लकडाउन खुकुलो भएसँगै सुरक्षा र स्वस्थ्य मापदण्ड अप्नाएर कोरोना सचेतनासंगै कला संस्कृति र साहित्यको जर्गेना गर्ने लक्ष्यसहित अन्तरक्रिया गरिएको बताए ।

कोरोना कहर न्युनिकरण भए आफनो कार्यक्रलमा राष्ट्रब्यापी साहित्यीक कार्यक्रम गर्ने उनले प्रतिवद्धता जनाए । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष नवीन श्रेष्ठ, ओम अर्याल, बालकृष्ण अर्याल, सचिव अर्जुन आचार्य, सदस्य भगवती अर्यालले साहित्य समाजको दपर्ण भएको बताउदै यसको संरक्षण गर्ने काम सबैको साझा दायित्व भएको बताए ।

तस्विर : स्वस्तिक श्रेष्ठ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।