ताजा अपडेट »

संविधान पुनःलेखनको माग गर्दै राष्ट्रिय जनमुक्तिद्वारा बुटवलमा प्रदर्शन

शनिबार, ०३ असोज २०७७, १३ : ४५
10 Shares

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश समिती ५ ले संविधान पुनःलेखनको माग राख्दै कालो झण्डा रव्यानरसहित विरोध प्रदर्शन गरेको छ । असोज ३ गते शनिबार ५ औं संविधान दिवसका दिन पार्टीले संविधानमा आदिवासी जनजातिका मागहरुलाई संवोधन गर्ने गरी संविधान पुनःलेखन गर्न माग गरेको हो ।

राजष्ट्रिय जनमुक्तिका उपाध्यक्ष कमला थापाले संविधानमा सबै जातजातीका मागहरुलाई समावेश नगरिएको बताउँदै पुनःदेखनको माग गरिन् । विरोध कार्यक्रममा पार्टीका प्रदेश ५ अध्यक्ष झमबहादुर गुरुङ्ग, प्रदेश सहसचिव चित्रप्रसाद गुरुङ्ग, पुर्व सैनिक संगठनका अध्यक्ष क्या. भिमबहादुर राना तथा रुपन्देही जिल्ला अध्यक्ष प्रेम थापालगायतले बिचार व्यक्त गरेका थिए ।

पार्टीको टोपी तथा विभिन्न नारासहितका प्लेकार्डसहित विरोधमा पार्टीका नेता कार्यकर्ता सहभागी भएका थिए । कोडिभ-१९ का बीच स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गरिएको सो पार्टीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।