ताजा अपडेट »

बुटवलको कोरोना विशेष अस्पतालमा थप १ संक्रमितको मृत्यु

शनिबार, ०३ असोज २०७७, १० : ५६
8 Shares

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप १ जना संक्रमितको मृत्यु भएको छ ।  बुटवल उपमहानगरपालिका- १० का ६९ वर्षीय पुरुषको आज बिहान एक बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

 २२ भदौमा कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएका  ती पुरुषमा ज्वरो, श्वासप्रस्वासमा समस्याका साथै निमोनिया रहेकाले आइसीयूमा राखेर उपचार भइरहेको थियो। यो संगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।