ताजा अपडेट »

रुपन्देहीमा एक युवा मृत फेला, हत्याको आशंका

शुक्रबार, ०२ असोज २०७७, १८ : २७
2 Shares

बुटवल । रुपन्देहीमा एक युवा मृत फेला परेका छन् । जिल्लाको शुद्दोधन गाउँपालिका २ खडकबनगाई स्थित खेतमा बुटवल उपमहानगरपालिका १६ बस्ने ३१ वर्षीय टिकाजंग कुँवर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए । उनको निधार, टाउको र मुखमा चोट देखिएकाले हत्या भएको आशंका गरिएको छ ।

मृतक कुँवरले लागू औषध सेवन गर्ने र घरमा एक्लै बस्दै आउनुका साथै बाहिर बाहीर बढी हिँडडुल गर्ने गरेको प्रहरीले बताएको छ । शव पोष्ट मार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।