ताजा अपडेट »

नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु

शुक्रबार, ०२ असोज २०७७, १६ : ३४
6 Shares

बुटवल । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५७३ पुगेको छ। ८७१ जना संक्रमण मुक्त भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।