२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता गणेशमान सिंह नेपाली राजनीतिका शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता र आफ्नो राजनीतिक अभिभावक भएको बताएका छन् ।

Advertisement

नेता गणेशमान सिंहको २३ औँ स्मृति दिवसका अवसरमा आज सभापति देउवाले उनकै प्रेरणा र मार्गदर्शनले आफू सानो उमेरमै राजनीतिमा होमिएको बताएका छन् । “मेरो अभिभावक गणेशमान सिंहप्रति म हार्दिक श्रदासुमन व्यक्त गर्दछु । तपाईको विचार र मार्गदर्शन अजनवि छ”, सभापति देउवाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

यसैगरी काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि लौहपुरुष गणेशमान सिंहको २३औँ स्मृति दिवसमा उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनको जाज्वल्यमान इतिहास सर्वमान्य नेता गणेशमान महान त्याग र बलिदानको प्रतिमूर्ति स्वरुप सबैको प्रेरणाको अजस्र स्रोत रहेको उल्लेख गरेका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले गणेशमान सिंहबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिए देश र जनताको हित हुने बताएका छन् । गणेशमान सिंहको २३औँ स्मृति दिवसका अवसरमा सिंह निवास चाक्सिवारीमा आयोजित कार्यक्रममा नेता सिंहले गणेशमानजीले सिद्धान्त, निष्ठा र मूल्यको राजनीति गरेको भन्दै त्यसबाट प्रेरणा लिनुपर्ने बताए ।

पिता गणेशमानलाई स्मरण गर्दै उनले नेपालमा प्रजातन्त्र स्थापना गर्न र जनताको अधिकार सुरक्षित गर्न छ दशक लामो राजनीतिक जीवनमा गणेशमान सिंहले १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा बिताएको बताउँदै प्रजातान्त्रका लागि ठुलो संघर्ष गरेको र कष्ट सहेकैले उनलाई नेपाली जनताले सधैँ सम्झिरहने उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…