ताजा अपडेट »

जनकपुर आइपुग्यो नेपाली रेल

शुक्रबार, ०२ असोज २०७७, १५ : ५२
4 Shares

बुटवल । नेपाल सरकारले खरिद गरेको धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल सेट जनकपुरधाम आइपुगेको छ ।  नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको २ रेल सेट जयनगरबाट हिँडेर शुक्रबार अपराह्‍न २ बजे जनकपुर आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

लामो समयको प्रतिक्षापछि रेल जनकपुर आएपछि इनर्वादेखि जनकपुरको कुर्थासम्म हेर्ने स्थानीयको घुँइचो लागेको छ । नेपाल सरकारको १ अर्बको लागतमा चारवटा इन्जिनसहित दुई सेट रेल ल्याइएको हो । रेल सेटको निर्माण भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो ।

जनकपुरको पुरानो रेल्वे स्टेसनमा रेल हस्तान्तरणको लागि धनुषाको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा एक कार्यक्रमसमेत राखिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।