२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

म्याग्दी। जिल्लाको एउटा गाउँका ६० किसानले बजारमा दुग्ध सहकारी संस्था तथा डेरी सञ्चालन गरेका छन्। बिचौलियाहरुले किसानबाट सस्तोमा खरिद गरेर उपभोक्तालाई महङ्गोमा बिक्री गरी बजारमा एकाधिकार कायम गरेको समयमा बेनी नगरपालिका–४ बास्कुनाका ६० पशुपालक कृषकले डेरी सञ्चालन गरी उपभोक्तालाई सुपथ मूल्यमा दुग्धजन्य पदार्थ बिक्री गर्न थालेका हुन्।

बेनपा–७, बैंकरोडमा बास्कुना कृषि पशुपक्षी दुग्ध सहकारीद्वारा सञ्चालित डेरीको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले उपभोक्तालाई सस्तो र गुणस्तरीय सेवा दिने गरी डेरी सञ्चालन गर्नुपर्ने बताए। बेनपा–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले वडाभित्रका किसानले कृषि र पशुपालनबाट मनग्य आम्दानी गरेको बताउँदै अनुदान र सहुलियतमा पहुँचभन्दा आवश्यकताका आधारमा वितरण गर्नुपर्नेमा जोड दिए।

भेटेरिनरी अस्पताल एवं पशुसेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुम र कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्द कोइरालाले म्याग्दीमा कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिने बताए। किसानले शुरुमा रु तीन लाखको लगानीमा सामग्री खरिद गरेर डेरी सञ्चालन गरेको बास्कुना कृषि पशुपक्षी दुग्ध सहकारी संस्थाका अध्यक्ष तिलक गुरुङले बताए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने