२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022

सिमकोट । जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय हुम्लामा दरबन्दीअनुसारका कर्मचारी नभएपछि सेवा प्रभावित हुने गरेको छ । दरबन्दी अनुसारका कर्मचारी अभावले प्रमुख जिल्ला अधिकारी कार्यालयका सामान्य काममै अल्मलिएपछि शान्ति सुरक्षालगायतका महत्वपूर्ण काम प्रभावित भएका हुन् ।

कार्यालयमा प्रजिअ, सहायक प्रजिअ, तीन नायबसुब्बा, चार खरिदारको दरबन्दीमध्ये पूरा कर्मचारी नभएपछि नियमित काम प्रभावित भएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए । “एकैजनाले दुई/तीन फाँट धान्नुपर्ने बाध्यता छ,” उनले भने, “दरबन्दीअनुसारका कर्मचारी नहुँदा कार्यालयका अधिकांश फाँट बन्द हुने अवस्थामा छन् ।”

बोर्डमै सिमित इलाका प्रशासन कार्यालय
हुम्लाको सर्केगार्ड गाउँपालिकामा इलाका प्रशासन कार्यालयको बोर्ड टाँसिएको तीन वर्ष बितेको छ । इलाका प्रशासन कार्यालय सर्केगार्ड भनेर बोर्ड मात्रै टाँगिएको भए पनि काम सञ्चालनमा आउन सकेको छैन ।

इलाका प्रशासन कार्यालयबाट नेपाली नागरिकता र राहदानीको सिफारिस पाउनु पर्ने भएपनि सर्केगाड इलाका प्रशासन कार्यालयबाट नागरिकले ती कुनै सेवा लिन पाएका छैनन् । नागरिकता र राहदानीको सिफारिस लिन सदरमुकाम सिमकोट पुग्नु पर्ने बाध्यता भएको स्थानीयवासीले दुःखेसो गरेका छन् ।

एक निर्वाचन क्षेत्रमा कम्तीमा एक इलाका प्रशासन कार्यालय राख्ने कानूनी व्यवस्थाअनुसार सर्केगाडमा इलाका प्रशासन कार्यालय स्थापना भएको तीन वर्ष पुग्यो । कर्मचारी अभावले सेवा सञ्चालन नभएपछि त्यस क्षेत्रका सर्केगाड, चङ्खेली, अदानचुली र ताँजकोट गाउँपालिकाका नागरिकलाई सामान्य कामका लागि पनि दुईदेखि चार दिनको पैदल हिंडेर सदरमुकाम सिमकोट पुग्नु पर्ने बाध्यता छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति लुम्बिनी अस्पतालको टेण्डर घोटाला : कागजातसहित ७ दिन भित्र उपस्थित हुन प्राधिकरणलाई निर्देशन कपिलबस्तुको सिद्धार्थ रिसोर्टमा तीज विशेष कार्यक्रम हुने, सहभागीलाई पुरस्कार !