ताजा अपडेट »

संविधान दिवसको अवसरमा नेपाल टेलिकमको अनलिमिटेड अफर

शुक्रबार, ०२ असोज २०७७, १३ : २१
6 Shares

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०७७ को अवसरमा विभिन्न प्याकहरु सार्वजनिक गरेको छ । टेलिकमले संविधान दिवस (राष्ट्रिय दिवस) २०७७ असोज ३ को अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अनलगायतका प्याकहरु सार्वजनिक गरेको हो ।

कम्पनीले शुक्रबार, शनिबार र आईतबारका लागि अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रति प्याकमा खरिद गर्न सकिने गरी प्याक सार्वजनिक गरेको हो । उक्त प्याकहरु खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक ८ सय ५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४ दशमलव ७ प्रतिशतको भारी छुट प्रदान गरिएको छ । सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा ५ सय ५५ मा उपलब्ध हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।