ताजा अपडेट »

‘परिवार योजना सेवाको सुनिश्चितता अपरिहार्य’

शुक्रबार, ०२ असोज २०७७, ०७ : ३०
6 Shares

बुटवल । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले परिवार योजना सेवाको सुनिश्चतता अपरिहार्य रहेको बताए । ‘कोभिड–१९ को अवस्था, गुणस्तरीय परिवार योजना सेवाको निरन्तरता’ भन्ने नाराका साथ आज (शुक्रवार) मनाउन लागिएको सातौँ परिवार योजना दिवसका अवसरमा शुभकामना दिँदै उनले परिवार योजना सेवालाई आधारभूत अधिकारका रुपमा नेपालको संविधानमा अंगिकार गरिएको स्मरण गर्दै मातृ तथा नवजात शिशु मृत्युदर र रुग्णता घटाइ स्वास्थ्य र दीगो विकासका लक्ष्य प्राप्तिकालागि परिवार योजना सेवाको सुनिश्चतता अपरिहार्य रहेको बताए ।

प्रदेशको विशिष्ट जनसांख्यिक संरचनाअनुसार परिवार योजना निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै मन्त्री बरालले शहरी र ग्रामिण जनसंख्या, विविध धार्मिक, साँस्कृतिक समुदायका मूल्य तथा मान्यता र आजको वैज्ञानिक यूूग तथा योजनामा तादाम्यता मिलाउन सामान्य र विशिष्ट योजनाहरुको आवश्यकता रहेकामा जोड दिए ।

प्रदेश सरकारले यस विषयलाई आफ्नो पाँच वर्षीय आवधिक योजनामा प्रााथमिकतामा राखी सेवाको पहुँच बढाउन विभिन्न कार्यक्रम गर्दै आइरहेको जानकारी गराउँदै उनले हाल कोभिड–१९ को यस परिवेशमा पनि सेवाको सुनिश्चिताका लागि स्वास्थ्यकर्मीले सुरक्षात्मक विधि अपनाई निरन्तररुपमा परिवार योजना सेवा दिइरहेका उल्लेख गरे । मन्त्री बरालले सेवा प्रदायक तथा सेवाग्राही दुवैलाई यस सेवाको निरन्तरता र उपयोगको सुनिश्चिताका लागि आब्हान समेत गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।