ताजा अपडेट »

१२४६ जनामा कोरोना संक्रमण, १२४३ संक्रमित डिस्चार्ज

विहीबार, ०१ असोज २०७७, १७ : ०६
8 Shares

बुटवल । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना संक्रमण जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी १२४६ जनामा कोरोना संक्रमण जनामा कोरोना संक्रमण भएको बताएका हुन्।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५९ हजार ५७३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या  १२ सय ४३ जना रहेका छन् भने कुल निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको पनि गौतमले बताए । आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ जहार ९०३ र होम आइसोलेशनमा ८ हजार ३३८ जना रहेका छन् । यस्तै आज पीसीआर १० हजार ६४१ जनाको भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेकाे कुल संख्या ३८३ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।