May 17, 2021, Monday
३ जेष्ठ २०७८, सोमबार

काली प्रसाद बाँस्कोटाको ‘इन्स्टाको फोटो’

441

पुस ३०,

काठमाडौँ । संगीतकर्मी कालीप्रसाद बाँस्कोटाको शब्द, सङ्गीत र आवाज रहेको गीत ‘इन्स्टाको फोटो’ सार्वजनिक भएको छ । गीतमा नायक आसिफ शाहको साथमा रेश्मा घिमिरे देखिएकी छिन्। रेश्मा टिकटक एप्लिकेशनमा निकै मन पराइएकी हुन।। हरि हुमागाईले छायांकन गरेको  म्यूजिक भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन्।यस्तै राजेन्द्र मोक्तानले कलर र राजेश शाहले भीएफएक्सको काम गरेका छन् भने भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन्।


गीत जी २१ डिजिटलको अफिसियल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । यसअघि ‘जी २१ डिजिटल’ मार्फत गीत ‘नाच फिरिरिु’ सार्वजनिक भएको थियो। जसले युट्युबको नयाँ रेकर्ड कायम गरिसकेको छ।

पछिल्लो अपडेट