ताजा अपडेट »

रातसँग समय सापटी लिएर साहित्यकार भएँ : निलम कार्की

आइतबार, २८ भदौ २०७७, २१ : ५७
6 Shares

बुटवल । साहित्यकार निलम कार्की निहारिकाले रातसँग समय सापटी लिएर साहित्यकार भएको बताएकी छन् । आज पनि महिलालाई कुनै रचना कोर्न र कुनै पुस्तक लेख्नका लागि नै भनेर प्रशस्त समय नभएको बताउदै महिलाका हरेक दायित्व पूरा गरेर आफ्ना सपना पूरा गर्नु पर्ने महिलाको बाध्यता रहेको बताइन् । रोटरी क्लब अफ तिनाउ बुटवलको १८३ औं नियमित बैठक तथा साहित्य भेटघाट , महिला सक्षमता र चूनौती विषयक भर्चूअल अन्तरक्रिया कार्यक्रममा शनिबार बोल्दै उनले जबसम्म घर परिवार भित्र महिला र पुरुषको समान सहभागिता हुँदैन तबसम्म पपरिवर्तन हुन कठिन देखिएको बताइन् ।

हामी महिलाले पनि छोराछोरीलाई हुर्काउने क्रममा पनि छोरीलाई घरको काम गर्न सिकायौँ , छोरालाई बाहिरी काम गर्न सिकायौँ हामीले यहाँ पनि जिम्मेवारीमा विभेद गरेका छौँ उनले भनिन् ‘ घरमा पनि समान काम समान दायित्व सिकाउन जरुरी छ।’ थुप्रै साहित्यिक कृति बजारमा ल्याएकी कार्कीले अधिकांश कृति रातमै लेखेको बताइन्। पछिल्लो समय मदन पुरस्कार प्राप्त गर्न सफल कृति योगमाया बजारमा ल्याएकी साहित्यकार कार्कीले एक महिला सक्षम र सबल हुनु परिवार नै अब्बल बन्नु हो भन्ने बिर्सन नहुने बताइन् । महिलाका सफलताका प्रेरणामूलुक बसाइँले सकारात्मक सोँचको विकास हुने हुँदा कोभीडको महामारीका बीचमै पनि र्चूअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष ज्ञानधरा पन्थले बताइन् ।

कार्यक्रममा रुपन्देहीमा क्रियाशिल महिला क्लबहरुका अध्यक्ष, सदस्य , लगायत अधिकारकर्मी ,सन्चारकर्मीको सहभागीता रहेको थियो ।शत प्रतिशत महिला आवद्द रोटरी क्लब अफ तिनाउले कोरोना भाइरस कोभिड १९ को कहरमा पनि राहत बितरण , मानसिक स्वास्थ , दाँतको हेरचाह कसरी गर्ने लगायतका विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ। कार्यक्रममा प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुसाल , क्लबका सर्जेन्ट एट आम्स फस्ट अनुसा पाण्डे , क्लबका सचिव रमिला शर्मा, चार्टर प्रेसीडेन्ट देबि वाग्ले , प्रेसीडेन्ट इलेक्ट प्रतिमा भट्टराई , फस्ट भि .पी बिन्दु ढकाल , टि आर एफ चेयर अस्मिना पाण्डे लगायतले बोल्दै समाजले महिलालाई सामाजिक आर्थिक रूपमा सक्षम बनाउन पृतसत्तात्मक सोचलाइ हटाएर सकारात्मक कोणबाट महिलालाई साथ दिन जरुरी भएको औल्याएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।