ताजा अपडेट »

प्रदेश ५ मा १७७ कृषि प्राविधिकलाई जागिरको अवसर

शनिबार, २७ भदौ २०७७, १६ : १७
6 Shares

बुटवल । प्रदेश ५ सरकारले सरकारी जागिर अन्तर्गत कृषि प्राविधिकमा १७७ जना कर्मचारीको माग गरेको छ । प्रदेश ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश भित्रका एक स्थानीय तहका लागि एक जना गरी जम्मा १०९ जना कृषि र पशुसेवाका अधिकृत तथा मन्त्रालय र मातहतका कार्यालयहरूमा ६८ जना कृषि सेवाका अधिकृत तथा सहायक जनशक्ति सेवा करारको लागि १७७ जना कर्मचारीको माग मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले शैक्षिक प्रमाणपत्रलाई मुख्य आधार मानेर अन्तर्वार्ताका माध्यमबाट कर्मचारीको छनोट गर्ने भएको छ । सूचना प्रकाशन भएको १५ दिनभित्र दरखास्त पेश गर्न मन्त्रालयले आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।