४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

काठमाडौँ। नेपालमा हरेक वर्ष करिब चार लाख नयाँ रोजगारी सिर्जना हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको नेपालको रोजगारीसम्बन्धी अध्ययनले पछिल्लो एक दशकमा मात्र नेपाली अर्थतन्त्रमा करिब ४० लाख नयाँ रोजगारी सिर्जना भएको देखाएको छ । अध्ययनअनुसार रोजगारीको सङ्ख्या मात्र नभई रोजगारीको औसत गुणस्तरमा पनि उल्लेखनीय सुधार आएको छ ।

Advertisement

कोरोना महामारीभन्दा पहिलेकै अवस्थामा आधारित भएर गरिएको यो अध्ययनले नेपालको अर्थतन्त्रको निर्भरता क्रमिक रूपले निर्वाहमुखी कृषिबाट औद्योगिक तथा सेवामूलक क्षेत्रतर्फ सर्दै जाँदा रोजगारीका अवसर पनि बढ्दो हुन पुगेको देखाएको छ । यसमा निर्माण, उत्पादन वाणिज्य तथा यातायात क्षेत्र मुख्य योगदानकर्ता रहेको देखिएको छ ।

अनौपचारिक क्षेत्र, दैनिक ज्यालादारीको क्षेत्र, परम्परागत कृषि तथा पशुपालनभन्दा तुलनात्मक रूपले श्रमिकका लागि आकर्षक मानिएका छन् ।

समग्र रोजगारीमा सुधार देखिए पनि दैनिक ज्यालादारीका काममा भने दिगोपनको अभाव देखिएको प्रतिवेदनले औँल्याएको छ । यस्तै सबै श्रम आकाङ्क्षीले रोजगारीको क्षेत्रमा पहुँच स्थापित गर्न भने समस्या भोगिरहेको प्रतिवेदनमा उल्लेख छ । रोजगारीको क्षेत्रमा देखिएका परिवर्तनका सङ्केत महिलाका लागि भने अझै उपयोगी बन्न नसकेको देखाइएको छ ।

विश्व बैङ्कको वरिष्ठ अर्थविद् एलिजावेथ ब्लुमरका अनुसार बढ्दो सहरीकरणले पनि नेपालमा रोजगारी बजारमा सकारात्मक योगदान पुगेको छ ।

सन् १९९८ को श्रम सर्वेक्षणदेखि दुई वर्ष पहिलेको आर्थिक गणनालगायतका सामग्रीसमेतको अध्ययनबाट निकालिएको निष्कर्षमा नेपाली श्रम बजारका मुख्य चुनौतीसमेत औँल्याइएको छ । नेपालको भूबनोट अप्ठ्यारो हुनु, रोजगारी अनौपचारिक क्षेत्रमा, कम उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुँदै जानु तथा उद्यम–व्यवसाय गर्नेले पनि सानो र स्थानीय बजार मात्र हेर्ने र ठूलो बजारमा पहुँच स्थापित गर्न समस्या हुनुले रोजगारीको क्षेत्र अझै विस्तारित हुन नपुगेको औँल्याइएको छ ।

रोजगारी प्रतिफल सुधार गर्न साना तथा मझौला उद्यमीको प्रवद्र्धन, व्यवसायको उचित वातावारण निर्माण, महिला तथा युवालाई रोजगारीतर्फ आकर्षणजस्ता सुझाव पनि दिइएको छ ।-गोरखापत्र दैनिक

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलको कालिकानगरमा मोटरसाइकल दुर्घटना हुँदा गुल्मीका ४० वर्षीय ज्ञवालीको मृत्यु रुपन्देहीको मायादेवी अध्यक्षमा पुनः कांग्रेसका चौधरी तिनाउ नदिमा डुबेर बुटवलका ८ वर्षिय रिदमको मृत्यु अर्घाखाँचीको सन्धिखर्कमा एमालेसँग गठबन्धन पराजित मतगणना सकिएका चितवनका तीनवटै पालिकामा एमाले विजयी नेप्से झिनो अंकले सुधार बुद्धका ज्ञान बाँड्दै बुटवल लेडि जेसिज पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी भरतपुरमा रेनुलाई १९ सय ६ मतको अग्रता गठबन्धनलाई पराजित गर्दै देवदह नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव खरेल विजयी भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन कालिकाका शिक्षकका लागि पुनर्ताजगी तालिम बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई भैरहवामा विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना : २४ जना घाइते, ६ गम्भीर दाङको गढवा गाउँपालिकामा माओवादीका शर्मा विजयी २७,४३८ मतगणना हुँदा भरतपुरमा रेनु १७१२ मतको अग्रता