ताजा अपडेट »

पहिलो एकदिवसीयमा अष्ट्रेलिया विजयी

शनिबार, २७ भदौ २०७७, १० : २९
8 Shares

काठमाडौ । अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट जितेको छ । शुक्रबार म्यानचेष्टरमा भएको खेलमा पाहुना टोली अष्ट्रेलिया १९ रनले विजयी भएको हो ।जितसँगै अष्ट्रेलिया तीन म्याचको एकदिवसीय सिरिजमा १–० ले अघि बढेको छ ।

खेलमा २ सय ९५ रनको लक्ष्य पाएको इंग्ल्याण्डले ९ विकेट गुमाएर २ सय ७५ रन मात्र बनाउन सक्यो । साम विलिङ्सले ११८ रन, जानी बेयरस्टोले ८४ र कप्तान इयान मोर्गानले २३ रन बनाएका थिए । अन्यको खेलाडीको प्रर्दशन उल्लेख रहन सकेन ।अष्ट्रेलियाका आडम ज्माप्पाले सर्वाधिक ४ विकेट लिए भने जोस हेडलहुडको नाममा ३ विकेट रह्यो ।यसअघि, सुरुवाती ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९४ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीको इनिङ्स उकासेका थिए । यस्तै मिचेल मार्शले ७३ रनको अर्धशतकीय इनिङ्स खेले ।त्यस्तै मार्कुस स्टोनिसले ४३ रन जोड्दा मार्नुस लेबासचेन्नीले २१ रन बनाए । कप्तान आरोन फिन्च १६ रनमा आउट भए ।इंग्ल्यान्डका मार्क उड र आर्चर जोफ्राले ३/३ विकेट लिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।