ताजा अपडेट »

'प्रादेशिकस्तरको अस्पतालमा आइसियू सञ्चालन नहुनु विडम्बनापूर्ण'

शनिबार, २७ भदौ २०७७, ०९ : २६
4 Shares

तुलसीपुर । प्रादेशिकस्तरको अस्पतालमा आइसियु सञ्चालन नहुनु विडम्बनापूर्ण भएको भन्दै प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले तत्काल सञ्चालनका लागि निर्देशन दिएका छन् । जिल्लास्तरमा आइसियु सेवा सञ्चालनको तयारी भइरहेको बेलामा प्रादेशिकस्तरको अस्पतालमा समेत आइसियु स्थापनाका लागि तत्काल पहल गर्नुपर्ने वताए । ‘यति योग्य डाक्टरहरु हुनुहुन्छ, हामीले स्रोतको अभाव हुन दिदैनौ , अब कुरेर बस्ने होइन अगाडी वढिहाल्ने हो ’ मन्त्री बरालले भने । ‘जनशक्ति पनि देख्छौ, आवश्यकता पनि हुन्छ अनि स्रोत पठाउँछौ तर सबै फ्रिज भएको हुन्छ’ उनले गुनासो गरे ।

प्रादेशिक अस्पतालको सेवा सुविधा वढाएर चिकित्सकले समेत गर्व गर्ने गरी काम गर्न उनले सुझाए । ‘साधन स्रोत र जनशक्तिका विचमा तारताम्य मिलाउन अव आवश्यक छ’ उनले भने । चिकित्सकको क्षमता अनुसार काम हुन नसेकेको गुनासो गर्दै उनले सेवा प्रवाहमा चुस्तदुरुस्त हुन सकेन भने जनशक्तिको कुनै अर्थ नरहने कृुरामा जोड दिए । कोभिडका लागि बेलझुण्डी र अन्य जनरलका लागि तुलसीपुरमा आइसियु सञ्चालन गर्नै आवश्यकता रहेकोमा मन्त्री बरालको भनाई थियो ।

चिकित्सकले परिणाम आउने गरी तोकिएको ड्युटी पुरा गर्नै पर्ने बताउँदै सरकारी अस्पताल हो भनेर वेवास्था गर्न नहुने उनले भने । प्रदेश नम्वर ५ का प्रत्येक जिल्लामा डायलासिस मेसिन राख्ने गरी प्रदेश सरकारले काम अगाडी वढाएको उनको भनाई थियो ।

अस्पतालले कहिल्यै पनि इमर्जेन्सी सेवा वन्द गर्न नहुने भन्दै मन्त्री बरालले नयाँ चिकित्सकको व्यवस्था गरेर भएपनि सेवा रोक्न नहुने वताए । कोभिडको प्रकोपलाई मध्यनजर गरेर प्रदेश सरकारले जनशक्ति वढाउने प्रक्रिया अगाडी वढाइसकेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्रादेशिक अस्पतालबाट सेवा प्रवाह सन्तोषजनक नभएको भन्दै सुधार गर्न आवश्यक रहेको वताए । ‘पहिलेभन्दा केही सुधार भएको छ तर आशातितरुपमा सेवा विस्तार हुन सकेको छैन’ उनको गुनासो थियो । अस्पताल सुधारकालागि स्थानीय सरकार जस्तोसुकै काम गर्न पनि तयार रहेको उनको भनाई थियो । सो अवसरमा चिकित्सकहरुले अस्पतालको व्यवस्थापन अनुरुप सेवा गरिरहेको वताएका थिए ।

बेलझुण्डीमा डाक्टर यादव

तुलसीपुर प्रादेशिक अस्पताल र बेलझुण्डी कोरोना अस्पताल फरक फरक नभएको भन्दै सबैतिर जनशक्तिले काम गर्नुपर्ने वताए । ‘तुलसीपुर प्रादेशिक अस्पतालमा ठाउँ नहुँदा नै बेलझुण्डीमा राखिएको हो , यो फरक अस्पताल होइन यहाँहरुले त्यहाँ पनि सेवा दिनुपर्नेछ’ मन्त्री बरालले चिकित्सकहरुलाई निर्देशन दिए । यसैविच कोरोना विशेष अस्पतालको विभागिय प्रमुखमा डाक्टर जितनारायण यादवलाई चयन गरिएको छ । विभागका सदस्यहरुमा डाक्टर रुपेश महतो र डा. रेगविक्रम राणा रहेका छन् ।

अनुगमन समितिमा नगरप्रमुख पाण्डे

यसैविच तुलसीपुर प्रादेशिक अस्पतालले दिएको सेवाका बारेमा अनुगमन गर्न नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा समिति समेत वनाइएको छ । अस्पताललाई पारदर्शी, सेवामुखी, चुस्त दुरुस्त वनाउनका लागि यस्तो समिति गठन गरिएको हो । समितिको सदस्यमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र डा. पदमराज अधिकारी रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।