ताजा अपडेट »

बुटवलको कोरोना अस्पतालमा देवदहका संक्रमितको मृत्यु

शुक्रबार, २६ भदौ २०७७, १९ : ३२
4 Shares


बुटवल । बुटवलको कोरोना बिशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ  । रुपन्देहीको देवदह नगरपालिका–६ का ६० वर्षीय  पुरुषको शुक्रबार साँझ ५ः३७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

ती पुरुष भदौ २६ गते कोरोना पोजेटिभ देखिएको थियो । अस्पतालका अनुसार ती पुरुष दम तथा छारेरोगको दिर्घ रोगी रहेका थिए । शुक्रबार बिहान सोही अस्पतालमा नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुष रहेको मृत्यु भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।