ताजा अपडेट »

कविता : सम्बन्ध

बुधबार, २४ भदौ २०७७, १५ : ४१
101 Shares


तिमी आयौ उज्यालियो जिन्दगी ।
तिम्रो साथ र सहयोगले बदलियो जिन्दगी
तिम्रो वास्तले मानवता चिन्न सक्ने बनायो।
आफैलाई बुझ्न सक्ने जिन्दगी बनायो।
तिमी नहुदी हौ त जिन्दगी अधुरो थियो।
तिमी आयौ जिन्दगी बदलियो।

तिमिसङ्ग कहिले रुन परेन म दुखमा पर्दा।
सधै भरी धादस र हौसला दियौं ।
तिमी आयौ र त जिन्दगी बदलियो।

तिमी कहिल्यै थानिनौ पराई मलाई ।
मलाई सिकौछ्यौ कराई कराई।
उज्यालो भरियो तिमी कराउदा।
उज्यालिन्छ मन तिम्रो ओठमा हसो फर्फराउदा।

कठोर थिए नरम बनाई दियो।
जिन्दगी दुखमा थियो सुख बनाई दियो।
सिकायौ मायाका कुरा भरी दियौ मनमा उज्यालो।

तिमी आयौ र त जिन्दगी बन्यो।
तिमिले समालियो र त सफल बनियो।

अझै गर्व गर्छ्यौ रे म तिम्रो प्रेमी हुनुमा।
उज्यालिन्छ्यौ रे साथी भाईका माझमा।

नारिको शक्ति पुरै लगाई दियौ र त म सफल छु तिम्रो मनमा ।
तिम्रो अनुहार उज्यालो छ र त खुसी भरिएको छ जिवनमा।

तिम्रो शरिरको बयान गर्नु म महत्त्व थन्दिन प्यारी।
तिमी उज्याली छ्यौ परिवारको हाम्री छ्यौ तिमी महान छ्यौ।
नसकुला तिमिलाई सुख दिन साथ पक्का दिनेछु।
नसकुला तिमिलाई सुनको हार दिन सहरा पक्का दिने छु।
तिम्रो मुस्कान छ र त सबथोक छ जस्तो लाग्छ जिन्दगीमा।
तिम्रो साथ छ र त सफल छ जिन्दगीमा।

तिमी आयौ र त जिन्दगी बदलियो, सोच बदलियो,
बानी बदलियो र तिम्रो साथले काम बदलियो।
तिमी महान छ्यौ।।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।