May 5, 2021, Wednesday
२२ बैशाख २०७८, बुधबार

डाः गोविन्द केसीको अवस्था चिन्ताजनक

2.1K

पुस ३०,

पुस २५ देखि इलाममा आवरण अनशनमा रहेका प्रा डा: गोविन्द केसीको अवस्था थप चिन्ताजनक बन्दै गएको छ ।शरीरमा एकदमै बढी समस्या देखिएपछि आज बिहान अस्पताल भर्ना गरिएका डा केसीलाई सघन उपचार कक्ष (आइसियु) मा राख्न चिकित्सकले सुझाव दिएका छन् । उनको शारीरिक अवस्था एकदमै कमजोर बन्दै गएको, निमोनियोको सङ्क्रमण देखा परेको र मुटुको चालमा समेत समस्या देखिएको भन्दै चिकित्सकले तत्काल आइसियुमा भर्ना गर्न अनुरोध गरेका छन् ।

आज साँझ पत्रकार सम्मेलन गर्दैै डा केसीको स्वास्थ्य जाँचमा खटिएका चिकित्सक डा विजेन्द्रकुमार साहले डा केसीको घाँटी र दायाँ फोक्सोमा संक्रमण देखिएको र स्वास्थ्य अवस्था कमजोर बन्दै गएकोले सामान्य अवस्थामा राख्न नमिल्ने बताए ।

पछिल्लो अपडेट