ताजा अपडेट »

फिल्म ‘रेस ४’ बाट सलमान खान आउट

सोमबार, ३० पुस २०७५, १६ : २४
4 Shares

बलिउड सुपरस्टार सलमान खानको व्यस्तता आजभोली निकै बढ्दो छ । उनी आगामी फिल्म ‘भारत’ को सुटिङमा व्यस्त छन् । खानले सन् २०१८ मा सैफअली खानद्वारा स्थापित फिल्म ‘रेस’ को सिरिजमा कदम राखे । सलमानको उपस्थितिले यो फिल्मलाई खासै फाइदा दिएन । फिल्म फ्लप सावित भयो ।

अहिले निर्माण टिमले ‘रेस ४’ बन्ने घोषणा गरिसकेको छ । सलमानको उपस्थितिले फाइदा नगरेपछि निर्माण पक्षले ‘रेस ४’ मा खानलाई नराख्ने भएका छन् । अन्ततः रेस ४ बाट सलमान आउट भएका छन् ।

निर्माण टिमले यो फिल्मका लागि सैफलाई सम्झिएका छन् । ‘रेस ३’ फ्ल्प भएपछि सैफ पनि ‘रेस ४’ साइन गर्नको लागि अन्योलमा परेका छन् । सैफको तर्फबाट कुनै कुरा बाहिरिएको छैन ।

रेसमा सैफ अली खान, अक्षय खन्ना, अनिल कपुर, विपासा बसु, क्याटरिना कैफ, समिरा रेड्डीको अभिनय रहेको छ भने यसको सिक्वेलमा सैफ अली खान, दिपिका पादुकोण, ज्याकलिन फर्नान्डिज रहेका छन् । यी दुवै फिल्म हिट फिल्म हो । तर सलमानको ‘रेस ३’ भने फल्प भयो ।-
एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।