६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

धेरै नेपालीले नारायण प्रधानलाइ नेपाली चलचित्रका खलपात्रका रुपमा चिन्छन् । नारायण प्रधान नेपाली शारीरिक सुगठनका अधार स्तम्भ नेपाल व्यायाम मन्दिरका वतर्मान अध्यक्ष समेत हुन । वि.सं. २०१० सालमा नेपाल व्यायाम मन्दिरको नाममा काठमाडौंमा व्यायामशाला खोलियो ।सामुदायिक स्तरबाट खोलिएको यो नै नेपालको पहिलो व्यायामशाला हो । यसभन्दा अधि सन् १९३० को दशक तिर स्वतन्त्रता सेनानी अमर शहिद धर्मभक्त माथेमाले काठमाडौ ओमबाहाल स्थित आफ्नै घर आगनमा डम्बल र बारबल प्रगोग गरी व्यायाम गर्ने तरिकाको शुरुवात गरेका थिए ।

Advertisement

नेपाली समाजमा उनले पुर्याएको योगदानसँगै शारीरिक सुगठन खेलसँग सम्बन्धित रहेकाले नेपाल व्यायाम मन्दिरले सन् २०४२ सालबाट धर्मभक्तको स्मृतिमा सर्वाधिक पुरस्कार राशीको धर्मश्री शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । ‘हामीले अहिलेसम्म यसलाई निरन्तरता दिएका छौँ,’ व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले भने, ‘भविष्यमा पनि यसर निरन्तरता पाओस् भन्ने हाम्रो चाहना हो।’ अहिलेसम्म धर्मश्रीले १५ जना विजेता पाईसकेको छ । प्रत्येक नेपाली शारीरिक सुगठन खेलाडीको सपना रहेको यो प्रतियोगिता वि.सं. २०४२ सालबाट प्रारम्भ गरिएको थियो । वि.सं. २०७५ सालमा पन्धौं संस्करणको धर्म श्री मिलन सिजापतीले जितेका थिए । शारीरिक सुगठनमा आफ्नो रुचि भएकाले नै झन्डै २० वर्षको उमेरमा उनि डाइजिन जिम ओमबाहाल हुदै वि.स. २०३८ सालमा नेपाल व्यायाम मन्दिर छिरे । पछि उनको सुगठित शरीरका कारण नै थुप्प्रै नेपाली भारतिय र हलीवुड् समेतका चलचित्रहरु खलपत्रको रुपमा अभिनय गर्ने अवसर पाए ।

उनले खेलेको पहिलो नेपाली चलचित्र के घर, के डेरा थियो । जुन निकै सफल रह्यो । हाल नेपाल व्यायाम मन्दिर रहेको ज्याठाको जग्गा प्राप्तिको पछाडी लामो कथा रहेको प्रधान बताउँछन् । तत्कालिन व्यायाम मन्दिरका संचालक स्व.द्वारिका दास श्रेष्ठ र लोक विलास बज्राचार्यले जनरल बहादुर शमशेर जबरासंग व्यायामशाला संचालनका लागि जग्गा चन्दा माग गर्न जांदा वि.सं. २०११/२/५ गते “व्यायाम संचालन गर्न” भनी बकसपत्र प्राप्त भयो । पछि केही व्यक्तिहरु नापीहुँदा सो जग्गाको कित्ताकाट गरि आफ्ना नाममा नामसारी गर्ने प्रपञ्च समेत गरे । पछि उनकै पहलमा युवाहरु नारा जुलुस लगायत नापी कार्यालय घेराबन्दि समेत गरे । कहिले मातपोत कार्यालयका कर्मचारीहरुले मिसिल हराएको भन्ने कहिले अनेक बहानाबाजी गरेर लामो समय दुखः दिएको उनले बताए ।

सोही क्रममा एक कर्मचारीलाइ उनले आवेशमा आएर हातपात समेत गरे । उनकै नेतृत्वमा लामो प्रयास पछि वि.सं. २०४५ सालमा तत्कालिन अञ्चालाधिशको ठाडो आदेशमा मालपोत कार्यालयले हराएको भनिएको मिसिल फेला पर्यो । वि.सं. २०६७ मा तत्कालिन मालपोत अधिकृत खपांगीले उक्त जग्गा नेपाल व्यायाम मन्दिरका नाममा हुने आदेश लालपुर्जा जारी गरे लामो संन्तोषको श्वास लिदै उनले बताए । शारिरीक सुगठनको माउ संस्था नेपाल व्यायाम मन्दिरको झन्डै दुइ दशक भन्दा बढी समय नेतृत्व गरेर नेपाली शारीरिक सुगठन खेलको विकाशमा महत्वपूर्ण पुर्याउने उनी चलचित्रमा खलपात्र भएर खेलेपनि असल जीवनका नायक नै हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

भाटभटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा छुट यथावत प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य