ताजा अपडेट »

‘टिप्परपनि सेवाप्रदायक साधन हो, सोँच बदलौं’

सोमबार, ३० पुस २०७५, १० : ०५
6 Shares

टिप्पर भन्ने वित्तिकै सडकमा आतंक मच्चाउने , दुर्घटना निम्त्याउने र ज्यानै लिने यमराजको संज्ञा दिइएको पाइन्छ । ढुवानीको साधन टिप्परको विषयमा प्रायः दुर्घटनालाई मात्र जोडेर समाचार आउने गर्दछन् । अझै बुटवलको व्यस्त सडक र यस वरपर टिप्परको संख्या धेरै हुनाले टिप्परको विषयमा धेरै बहस हुने गर्दछ । तर,टिप्पर ढुवानीको ठूलो, महत्वपूर्ण र भरपर्दो साधन हो भन्दा गलत पनि नहोला । किनकी निर्माण कार्यमा टिप्पर महत्वपूर्ण साधन हो । सामान्य ग्रावेल सडक निर्माणदेखि लामो सडक , सामान्य कल्पट निर्माणदेखि ठूला पुल, क्रसर उद्योगदेखि सिमेन्ट उद्योग सञ्चालनमा टिप्परको आवश्यकता र भूमिका महत्वपूर्ण हुन्छ । केही ड्राइभर र दुुर्घटनाका कारण टिप्परप्रति सन्देश र आक्रोश दुुबै देखिन्छ । यसै कुरालाई मनन गर्दै तिनाउ गाउँपालिका,दोभान पाल्पाका २८ ढुुवानी कम्पनीका सञ्चालकहरुले तिनाउ टिप्पर समूह गठन गरेका छन् । दुुई सयबढी टिप्पर रहेको सो समूूहको अध्यक्षमा व्यवासायी अरविन्द चयन भएका छन् ।
विभिन्न उद्देश्यका साथ गठन भएको समूूह, समग्र टिप्पर एवम् टिप्परका सकारात्मक पक्ष रकमजोरीका विषयमा रहेर अध्यक्ष अरविन्द पाण्डेसँग एन.बी.कंडेलले गरेको कुराकानी


तिनाउ टिप्पर समूह गठन गर्नुको मुख्य उद्देश्य के–के होलान् ?
–पहिलो उद्देश्य सम्पूर्ण टिप्पर व्यवासायीहरु बीच एकता कायम गरी संगठित हुनुु हो । संगठित भई टिप्पर व्यवसायलाई व्यवस्थित ,मर्यादित ,जिम्मेवार र अन्य व्यवसाय जस्तै सम्मानित बनाई दुुर्घटना न्यूनिकरण गर्ने हो ।


टिप्परलाई हेर्ने र बुुझ्ने दृष्टिकोण निकै फरक छ । किन होला जस्तो लाग्छ ?
–हजुर । टिप्पर एउटा ढुवानी साधन हो । ढुवानी व्यवसायह ो । यो कानुनी र विकासका हिसाबले पनि अति महत्वपूर्ण छ । तर, यो व्यवसायभन्दा पनि टिप्पर सञ्चालकलाई गलत ढङ्गले बुुझ्दा यो व्यवसायप्रति नै नकारात्मक धारणा बढेको छ । वास्तवमा टिप्पर समृद्धिको माध्यम हो । अहिले निर्माण कार्य बढ्दो छ । घर,पुल, कार्यालय,सडक लगाएत ठूला विकास निर्माणका काममा टिप्परको भूमिका महत्वपूर्ण छ । ठूलो ढुवानीको साधन भएकै कारण , सडकमा गुडेकै कारणले र यसबाट केही दुर्घटना हुनाले यसलाई नरुत्साहित गर्न खोज्नुु राम्रो होइन । दुर्घटना सानो रिक्सा,मोटरसाइकल,कारबाट पनि हुन्छन् । यि साधनको ठक्करले पनि कैंयौंको मृत्यु भएको छ । तर, ति साधनका विरुद्ध कसैले केही भन्दैनन् । टिप्परविरुद्ध सबै लाग्छन् ।
टिप्पर चालकहरु लापरवाहीका साथ टिप्पर तिव्र गतिमा चलाउँला दुर्घटना हुने गरेको पाइन्छ नि ?
–केही चालकहरुले लापरवाही गर्छन् । तर, उनीहरुका कारण सबैलाई दोष लगाउनुव्यवसायलाई नै गलत देख्नुु सही होइन । केही कमी कमजोरी जुनसुकै पेसामा पनि हुन्छ । यसो भन्दैमा हामी लापरवाही गर्छौै भन्ने होइन । यसकाच कमी कमजोरीहरु सुधार्न , व्यवस्थित गर्न र यो व्यवसायलाई मर्यादित बनाउनकै लागि हामी संगठित भएका हौं ।

टिप्पर व्यसायीहरुको अवस्था कस्तो छ ?
–आर्थिक दृष्टिकोणले भन्दा लाखौं लगानी गरेर खरिद गनुुपर्दछ । बैंकको ऋण,किस्ता सञ्चालन खर्च लगाएत व्यवस्थापन गर्न गार्हो छ । त्यसैगरी सेवाको भावले भनौं भने अन्य व्यवसायलाई सेवामुखी भनिन्छ । तर, यस व्यवसायलाई टिप्पर व्यवसायीको मात्र हो जस्तो गरी सोँचने प्रवृत्ति रहेको छ र सर्वसाधारण मात्र नभई सबैको नजरमा टिप्पर सडकमा दुुर्घटना नै निम्ताउन सञ्चालन गरेजस्तो सोँच्दा दुुःख लाग्छ ।


तर, टिप्पर व्यवसायी फस्टाउँदै गएको देखिन्छ नि । दिनानुदिन टिप्परका संख्या बढ्दो छन् । तपाइँकै कम्पनीमा पनि बढेका छन् , दोभान जस्तो ग्रामिण भेगमा सोही स्थानका बासिन्दाका दर्जनौं टिप्पर छन् । बढी मुनाफा भएर होइन र ?
– जुन स्थानमा खानी हुन्छ त्यहाँका जनता सोही पेशामा आवद्ध हुनुु स्वभाविक नै हो । आवश्यकता अनुसार टिप्पर बढ्नुु पनि स्वभाविकनै हो । अर्को कुरा समूहमा मिलेर लगानी गरेका छौं । त्यसैले संख्या पनि बढाएका छौं । धेरै साधान , धेरै काम गर्दा सहज होला वा राम्रो आय होला भन्न व्यवसायिक योजना हो। सो क्षेत्रमा वर्षमा ७ महिना मात्र टिप्पर सञ्चालन हुुन्छ । अझ भनौं भने राम्रोसँग ५ महिना पनि चल्न पाउँदैनन् । चालक र सहयोगीलाई ५ महिना टिप्पर नचल्दापनि तलब दिनुु पर्दछ । सो अवधीमा व्याज एवम् बैंकको ऋणपनि तिर्नु पर्दछ । हामी पनि खानी र उद्योगका माध्यम मात्र हौं । एउटाले बेच्छ अर्कोले किन्छ । हामी पुु¥याउँछौं । ढुवानी मात्र लिन्छौं । सो को भाडा लिन्छौं । जुन निश्चित तोकिएको हुुन्छ । त्यसैले टिप्परवालाले टन्न कमाउँछन् भन्नुु त्यति उचित नहोला ।

टिप्परले सो क्षेत्रको रोजगार, आर्थिक र सामाजिक क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?
–अत्यन्तै महत्वपूर्ण प्रश्न आयो । टिप्परका कारण सो क्षेत्रमा चार सय बढीलाई रोजगार मिलेको छ । सडक बनेका छन् । सार्वजनिक यातायात नचल्ने तिनाउका र्दुगम गाउँबाट बुटवल आवत–जावतका लागि त्यहाँका वासिन्दालाई सहज भएको छ । हिजो सरकारी विद्यालयमा पढाउन धौधौं मान्ने अभिभावकहरुले हाल आफ्ना छोराछोरीलाई शहरका निजी विद्यालयमा पढाउँछन् । समग्र भन्नुपर्दा टिप्पर र यस व्यवसायबाट सो क्षेत्रमा समृद्ध बन्दैछ । रोजगारमा आत्मानिर्भर बनेको छ ।
तपाइँहरुको यो तदर्थ समितिका तत्काल के –कस्ता गतिविधि तथा योजना रहेका छन् ?
हाल हामीले चालकलाई सचेतना कार्यक्रम गरेका छौं । बुटवलदेखि झुुम्सासम्म ओभरटेक गर्न नपाइने,विद्यालय तथा व्यस्त समयमा टिप्पर सञ्चालन रोक्ने लगाएतका नियम बनाएका छौं । हामी संगठित भई वैधानिक रुपमै निरन्तर दुुर्घटना न्यूनिकरण र व्यस्थित बनाउनतर्फ लागीरहने छौं । - बुद्धभूमि पत्रिकाबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।