१३ आश्विन २०७९, बिहीबार

Sep 29, 2022

झापा । झापा गाउँपालिका–३ कामाटोलीमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलामको २१ घण्टा बित्दासमेत शव उठ्न सकेको छैन । उनको शव विर्तामोडस्थित विएण्डसी हस्पिटलमै रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो ।

बुधबार गोरु काटेको आरोपमा पक्राउ परेका सोही वडाका ५२ वर्षीय अबदुल सलाम र ५० वर्षीय ताजबुल हकलाई जिप्रका ल्याउने क्रममा स्थानीयवासीसँग दोहोरो झडप हँुदा प्रहरीले चलाएको गोली लागेर उनी घाइते भएका थिए । घाइते आलामको उपचारकै क्रममा विएण्डसी हस्पिटलमा बुधबार राति ७ः४० बजे मृत्यु भएको थियो । घटनालाई सामान्य बनाउन प्रहरीले गाउँपालिका अध्यक्ष जयनारायण साह र उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीको रोहबरमा उनीहरुलाई छाडिदिएको थियो ।

स्थानीय मुश्लिम समुदायले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई शिक्षासहित रोजगारको व्यवस्था गर्नुपर्नेलगायत १० बुँदे माग राख्दै मृतकको शव उठाउन नमानेको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डले बताउनुभयो । स्थानीय जनप्रतिनिधि, मृतकको परिवार, राजनीतिक दल, सामाजिक अगुवासहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा सहमतिका लागि छलफल भइरहेको उहाँले बताउनुभयो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कबीर अटो मोबाइल्सको चाड–पर्व अफर : ‘स्वदेशी उत्पादन प्रयोग गरौं, नगद सस्तोमा किनौं’ यु-१७ पुरुष फुटबल टिम घोषणा लुम्बिनीसम्मको धम्म यात्राले रामग्रामबासी हर्षित बुटल बजारको मुख्य समस्या पार्किङ, खस्किँदै ब्यापार बुटवलमा डेङ्गु संक्रमण बढ्दै गएपछि रगत अभाव रोक्न रक्तदान पैदल यात्राकाे सुरक्षा महानगरकाे जिम्मेवारी हो, फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं: बालेन देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान लुम्बिनीका विद्युतीय बस सूचारु, चाड पर्वको अवधिभर नि:शुल्क दसैं लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं रामग्राम नगरपालिकाले सुरु गर्यो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण दुई महिनामा ५११ केजी सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रकम बाहिरियो आज कति छ सुनचाँदीको मूल्य ? गठबन्धनको भागबन्डा टुंगियो, कुन दलले कुन क्षेत्र पाए ? (सूचीसहित) त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो दसैंको मुखमा चामल बिक्री बन्द भारतमा पनि आईफोन १४ उत्पादन सुरु