१८ आश्विन २०७९, मंगलवार

Oct 4, 2022

नेपालगञ्ज । जैविक (अर्गानिक) मानिने भएकाले यहाँ अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ आउन थालेको छ ।

नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तोपर्ने गरेको छ । अहिले शुरुवातको चरण भएकाले दैनिक एक ट्रक स्याउ आउने गरेको स्याउ व्यापारी बताउँछन् । यहाँस्थित गुरुद्धारा रोडमा रहेको नेपाल फलफुल साग सब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ । मण्डीबाट फुटकर बिक्रेताले किनेर बजारमा बिक्री गरिरहेका छन् । नेपालगञ्ज बजारमा जुम्लाको स्याउ भर्खर आउन शुरु भएको छ । शूरुवाती चरण भएको र स्याउ कृषकले राम्ररी नपाकेको स्याउ पठाउने गरेकाले स्याउप्रति उपभोक्ताको चाख त्यति नबढेको स्याउका खुद्रा व्यापारी असलम अन्सारीले बताउनुभयो ।

नेपाल फलफुल सागसब्जी व्यवसायी संघका सदस्य मेराईलाल साहु भन्नुहुन्छ, “जुम्लाबाट अहिले एकै जातको स्याउलाई तीन वर्गमा विभाजित गरी नेपालगन्ज पठाउने गरिएको छ ।” जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पु¥याउने गरिएको छ । नेपालगन्ज बजारमा अहिले जुम्लाको स्याउ रु १०० देखि रु १५० प्रतिकिलो बिक्री हुने गरेको फलफुल व्यापारी मोहम्मद नसिमले बताउनुभयो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा पौडि खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु दशैंमा किन घुम्ने कर्णाली ? जित सुनिश्चित नदेखेपछि प्रचण्ड चितवन छाडेर गोरखा जाने ! जेलमा भएको दङ्गामा कम्तीमा पन्ध्रको मृत्यु जुवाको खालबाट वडाध्यक्ष सहित १९ जना पक्राउ बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार लुम्बिनीको बर्दियामा भ्यानको ठक्करबाट युवतीको मृत्यु दशैंमा धामीझाँक्रीद्वारा ब्रहमलुट, स्थानीय प्रशासन मौन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा घाँटीमा मासुको हड्डी अड्किएर ४५ वर्षीय पुरुषको मृत्यु पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा सम्पन्न सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने दशैंमा रुकुमका बादी बस्तीलाई छैन कुनै रौनक दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार पत्रकार उपचार कोषमा ६० लाख, करोड लक्ष्य